डिभिजन वन कार्यालय सिन्धुलीका रेञ्जर मतारा “गणेश बहादुर शाही राष्ट्रिय संरक्षण पुरस्कार” बाट पुरस्कृत
डिभिजन वन कार्यालय सिन्धुलीका रेञ्जर राजकुमार मतारा “गणेश बहादुर शाही राष्ट्रिय संरक्षण पुरस्कार” बाट पुरस्कृत हुनु भएको छ । वन तथा भुसंरक्षण विभागबाट वन क्षेत्रका कर्मचारीलाई प्रदान गरिने उक्त प्रतिष्ठित पुरस्कारमा प्रथम स्थान हासिल गर्दै रेञ्जर मतारा नगद एक लाख राशीको पुरस्कार सहित पुरस्कृत हुनु भएको हो । वन तथा वातावरण संरक्षण क्षेत्रमा उत्कृष्ट योगदान पुर्याए वापत रेञ्जर मतारालाई विभागले प्रथम पुरस्कार स्वरुप एक लाख नगद सहित सम्मान गरेको हो । पुरस्कार पाउनु आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण डिभिजन वन कार्यालय सिन्धुली परिवारको सामूहिक मेहनत, विश्वास, साथ, सहयोग र प्रेरणाको प्रतिफल भएको मताराको भनाई छ । यस्तै सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी, उपभोक्ता लगायत अन्य सरोकारवाला बाट समेत प्रत्यक्ष–अप्रत्यक्ष रूपमा भएको साथ र सहयोगले सफलता मिलेको उहाँको भनाई छ ।
वन संरक्षण, जैविक विविधता संरक्षण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा अझ इमान्दार, जिम्मेवार र समर्पित भएर कार्य गर्न थप प्रेरणा र दायित्व प्रदान भएको पनि उहाँको बुझाई छ ।
भर्खरै
मौलिक काठे भाकामा प्रेमको कथा : स्मृति गौतम र सरोज लामिछानेको ‘निष्ठुरे’ सार्वजनिक
बौद्धिक वर्गको भूमिका तथा चुनौतीहरु
डिभिजन वन कार्यालय सिन्धुलीका रेञ्जर मतारा “गणेश बहादुर शाही राष्ट्रिय संरक्षण पुरस्कार” बाट पुरस्कृत
सिन्धुलीको घ्याङ्लेख २ हायुटारमा अवस्थित सव डिभिजन वन कार्यालय बस्तिपुरको नव निर्मित भवन उद्घाटन
सिन्धुलीको कुण्डेश्वर माध्यमिक विद्यालय बेसारेबेसीमा शैक्षिक गुणस्तर विकास गर्ने उद्देश्यले १३ सदस्यीय शैक्षिक विकास समाज समिति गठन
३२ औँ विश्व आदिवासी दिवस आज सिन्धुलीमा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम गरी मनाइएको छ ।
सिन्धुलीको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल कमलामाई स्थानमा निर्माण गरिएका २२ धारा प्रयोगमा आएकाछन् ।
धेरै पढिएको
३२ औँ विश्व आदिवासी दिवस आज सिन्धुलीमा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम गरी मनाइएको छ ।
महँगीको चपेटामा पिल्सिएको गरिबको भान्सा !
सिन्धुलीको फिक्कल २ स्थित सुनकोशीमा बेपत्ताको खोजी साउन २५ गते सम्म गरिने
सिन्धुलीको कुण्डेश्वर माध्यमिक विद्यालय बेसारेबेसीमा शैक्षिक गुणस्तर विकास गर्ने उद्देश्यले १३ सदस्यीय शैक्षिक विकास समाज समिति गठन
बि.पि. राजमार्ग स्थित सिन्धुलीको गोलन्जोर गाँउपालिका ५ छब्बिसमा हायस दुर्घटना हुदा ४ जना घाईते भएका
गणित शिक्षा परिषद् सिन्धुली शाखाको शनिबार उद्घाटन गरिएको छ ।
मौलिक काठे भाकामा प्रेमको कथा : स्मृति गौतम र सरोज लामिछानेको ‘निष्ठुरे’ सार्वजनिक

प्रतिकृया दिनुहोस