सिन्धुलीको घ्याङ्लेख २ हायुटारमा अवस्थित सव डिभिजन वन कार्यालय बस्तिपुरको नव निर्मित भवन उद्घाटन

सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नम्वर २ हायुटारमा अवस्थित सव डिभिजन वन कार्यालय बस्तिपुरको नव निर्मित भवनको आज उद्घाटन गरिएको छ । भवन निर्माणका लागि जग्गा दान गर्नु हुने जग्गा दाताहरु लाल बहादुर बज्यु र राम बहादुर पाख्रीन बाट भवनको उद्घाटन गरिएको हो । कार्यक्रममा भवन निर्माण गर्न निः स्वार्थ रुपमा जग्गा दान गर्नु हुने बज्यु र पाख्रीनलाई सम्मान पनि गरिएको छ । सुविधा सम्पन्न कार्यालय भवन निर्माणले दैनिक कार्य सञ्चालनका लागि सजिलो भएको सव डिभिजन वन कार्यालय बस्तिपुरका प्रमुख विशाल कुमार लामाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३