३२ औँ विश्व आदिवासी दिवस आज सिन्धुलीमा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम गरी मनाइएको छ ।
३२ औँ विश्व आदिवासी दिवस आज सिन्धुलीमा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम गरी मनाइएको छ । प्राप्त अधिकार रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिवद्धता भन्ने मूल नारा सहित सिन्धुलीमा पनि दिवस मनाइएको हो । कार्यक्रममा २०८२ सालको एसईई परिक्षामा उत्कृष्ट जीपीए हासिल गर्नेे विद्यार्थीलाई नगद सहित सम्मान गरिएको थियो । नेपाल आदिवासी जनजाती महासंघ कमलामाई नगर समन्वय परिषदका अध्यक्ष कर्ण बहादुर सुनुवारको अध्यक्षता तथा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा आदिवासी जनजाति समुदायको पहिचान, अधिकार र समावेशी समाज निर्माणका विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बागमती प्रदेश समन्वय परिषद्का सचिव घन बहादुर भुजेल, महासंघका अध्यक्ष इन्द्र बहादुर भुजेल, निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठ, नेवा देबुका केन्द्रीय सदस्य विनोद कुमार श्रेष्ठ, सहित विभिन्न १० जातीय संगठनका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । संयुक्त राष्ट्र संघको घोषणा बमोजिम प्रत्येक वर्ष अगस्ट ९ तारिखमा विश्वभर यस्तै विभिन्न कार्यक्रम गरी आदिवासी दिवस मनाउने गरिएको छ ।
भर्खरै
मौलिक काठे भाकामा प्रेमको कथा : स्मृति गौतम र सरोज लामिछानेको ‘निष्ठुरे’ सार्वजनिक
बौद्धिक वर्गको भूमिका तथा चुनौतीहरु
डिभिजन वन कार्यालय सिन्धुलीका रेञ्जर मतारा “गणेश बहादुर शाही राष्ट्रिय संरक्षण पुरस्कार” बाट पुरस्कृत
सिन्धुलीको घ्याङ्लेख २ हायुटारमा अवस्थित सव डिभिजन वन कार्यालय बस्तिपुरको नव निर्मित भवन उद्घाटन
सिन्धुलीको कुण्डेश्वर माध्यमिक विद्यालय बेसारेबेसीमा शैक्षिक गुणस्तर विकास गर्ने उद्देश्यले १३ सदस्यीय शैक्षिक विकास समाज समिति गठन
३२ औँ विश्व आदिवासी दिवस आज सिन्धुलीमा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम गरी मनाइएको छ ।
सिन्धुलीको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल कमलामाई स्थानमा निर्माण गरिएका २२ धारा प्रयोगमा आएकाछन् ।
धेरै पढिएको
३२ औँ विश्व आदिवासी दिवस आज सिन्धुलीमा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम गरी मनाइएको छ ।
महँगीको चपेटामा पिल्सिएको गरिबको भान्सा !
सिन्धुलीको फिक्कल २ स्थित सुनकोशीमा बेपत्ताको खोजी साउन २५ गते सम्म गरिने
सिन्धुलीको कुण्डेश्वर माध्यमिक विद्यालय बेसारेबेसीमा शैक्षिक गुणस्तर विकास गर्ने उद्देश्यले १३ सदस्यीय शैक्षिक विकास समाज समिति गठन
बि.पि. राजमार्ग स्थित सिन्धुलीको गोलन्जोर गाँउपालिका ५ छब्बिसमा हायस दुर्घटना हुदा ४ जना घाईते भएका
गणित शिक्षा परिषद् सिन्धुली शाखाको शनिबार उद्घाटन गरिएको छ ।
मौलिक काठे भाकामा प्रेमको कथा : स्मृति गौतम र सरोज लामिछानेको ‘निष्ठुरे’ सार्वजनिक

प्रतिकृया दिनुहोस