सिन्धुलीको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल कमलामाई स्थानमा निर्माण गरिएका २२ धारा प्रयोगमा आएकाछन् ।

सिन्धुलीको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल कमलामाई स्थानमा निर्माण गरिएका २२ धारा प्रयोगमा आएकाछन् । कृषि विकास बैंक लिमिटेड सिन्धुली शाखाका प्रबन्धक खेमराज काफ्लेले एक कार्यक्रमका बीच २२ धारा उद्घघाटन गर्नु भए सँगै धारा प्रयोगमा आएका हुन् । कार्यक्रममा मन्दिरमा आउने भक्तजनको सुविधा बढाउनुका साथै धार्मिक स्थलको सौन्दर्य समेत थप्ने गरी धाराको निर्माण गरिएको बताउनुभयो । धारा निर्माणले कमलामाई मन्दिरमा दर्शन तथा पूजा आजाका लागि आउने श्रद्धालु भक्तजनलाई स्नान गर्न सहज भएको कमलामाई नगरपालिका–८ का वडाध्यक्ष कोमल कुमार श्रेष्ठले बताउनुभयो । यस्तै कमलामाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवराज श्रेष्ठले सबै पक्षको सहयोगले मन्दिरको शोभा बढ्नुका साथै व्यवस्थापनमा सहज भएको बताउनुभयो । कृषि विकास बैंक लिमिटेड सिन्धुली शाखा बाट एक लाख रुपैयाँ र शाखा प्रबन्धक काफ्ले बाट भएको व्यक्तिगत २१ हजार रुपैयाँ सहयोग बाट धारा निर्माण भएको थियो ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३