सिन्धुलीको फिक्कल २ स्थित सुनकोशीमा बेपत्ताको खोजी साउन २५ गते सम्म गरिने
सिन्धुली, साउन २३ २०८३, शनिबार ।
सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुर स्थित सुनकोशी नदीमा कार सहित बेपत्ता भएका तीन जनाको खोजी कार्य साउन २५ गते अर्थात पर्सी सोमबार सम्म गरिने भएको छ । फिक्कल गाउँपालिकामा स्थानिय जनप्रतिनिधी, प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र पीडित परिवारका सदस्य बिच शुव्रmबार भएको छलफल बाट यस्तो निर्णय गरिएको हो ।
सोमबार दिउँसो १ बजे सम्म गोताखोर टोली, ड्रोन तथा म्याग्नेट सहित उपलब्ध सबै आधुनिक प्रविधि प्रयोग गरी खोजी कार्यलाई निरन्तरता दिइने बैठकको निर्णय भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको भनाई छ । दुर्घटना पछि लगातार पाँच दिन सम्म सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन बेस क्याम्प खुर्कोटका गोताखोर, नेपाल प्रहरी र स्थानीय वासीको संयुक्त टोलीले खोजी जारी राखे पनि हाल सम्म बेपत्ता यात्रु तथा कार फेला पार्न सकिएको छैन । सुनकोशी नदीमा पानीको बहाब अत्यधिक तीव्र हुनु, नदी धमिलो हुनु र गहिराइका कारण गोताखोरलाई खोजी कार्यमा कठिनाइ भइरहेको छ ।
साउन १८ गते काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले कारलाई ठक्कर दिए पछि दुर्घटना भएको थियो । दुर्घटना पछि कारमा सवार सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ निवासी ३९ वर्षीय निर्माण व्यवसायी दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी २८ वर्षीय गणेश थापा र तीनपाटन गाउँपालिका–९ डाँडाखर्क निवासी १७ वर्षीय सुजन बलम्पाकीमगर हाल सम्म बेपत्ता हुनु भएको छ ।
भर्खरै
मौलिक काठे भाकामा प्रेमको कथा : स्मृति गौतम र सरोज लामिछानेको ‘निष्ठुरे’ सार्वजनिक
बौद्धिक वर्गको भूमिका तथा चुनौतीहरु
डिभिजन वन कार्यालय सिन्धुलीका रेञ्जर मतारा “गणेश बहादुर शाही राष्ट्रिय संरक्षण पुरस्कार” बाट पुरस्कृत
सिन्धुलीको घ्याङ्लेख २ हायुटारमा अवस्थित सव डिभिजन वन कार्यालय बस्तिपुरको नव निर्मित भवन उद्घाटन
सिन्धुलीको कुण्डेश्वर माध्यमिक विद्यालय बेसारेबेसीमा शैक्षिक गुणस्तर विकास गर्ने उद्देश्यले १३ सदस्यीय शैक्षिक विकास समाज समिति गठन
३२ औँ विश्व आदिवासी दिवस आज सिन्धुलीमा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम गरी मनाइएको छ ।
सिन्धुलीको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल कमलामाई स्थानमा निर्माण गरिएका २२ धारा प्रयोगमा आएकाछन् ।
धेरै पढिएको
३२ औँ विश्व आदिवासी दिवस आज सिन्धुलीमा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम गरी मनाइएको छ ।
महँगीको चपेटामा पिल्सिएको गरिबको भान्सा !
सिन्धुलीको फिक्कल २ स्थित सुनकोशीमा बेपत्ताको खोजी साउन २५ गते सम्म गरिने
सिन्धुलीको कुण्डेश्वर माध्यमिक विद्यालय बेसारेबेसीमा शैक्षिक गुणस्तर विकास गर्ने उद्देश्यले १३ सदस्यीय शैक्षिक विकास समाज समिति गठन
बि.पि. राजमार्ग स्थित सिन्धुलीको गोलन्जोर गाँउपालिका ५ छब्बिसमा हायस दुर्घटना हुदा ४ जना घाईते भएका
गणित शिक्षा परिषद् सिन्धुली शाखाको शनिबार उद्घाटन गरिएको छ ।
मौलिक काठे भाकामा प्रेमको कथा : स्मृति गौतम र सरोज लामिछानेको ‘निष्ठुरे’ सार्वजनिक





प्रतिकृया दिनुहोस