बि.पि. राजमार्ग स्थित सिन्धुलीको गोलन्जोर गाँउपालिका ५ छब्बिसमा हायस दुर्घटना हुदा ४ जना घाईते भएका

बि.पि. राजमार्ग स्थित सिन्धुलीको गोलन्जोर गाँउपालिका ५ छब्बिसमा हायस दुर्घटना हुदा ४ जना घाईते भएका छन् । मोरङबाट काठमाण्डौ तर्फ जादै गरेको बा ५ ख ५९८४ नम्वरको हाईस ब्रेक फेल भई अनियन्त्रित भएर दुर्घटना हुदा ४ जना घाईते भएकाहुन् । हायस अनियन्त्रीत भई सडकको नालामा परी दुर्घटना हुदा त्यसमा सवार चालक सहित १४ मध्ये ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाईते हुनेमा धनुषाको गणेशमान नगरपालिका ०७ का २२ बर्षिय रुवी साह, मोरङ सुन्दर हरैचा नगरपालिका १२ का १९ बर्षिय समित भुजेल, सोही ठाउँका २० बर्षिय उज्वल चौधरी र  सुनसरीको  ईटहरी उपमहानगरपालिका १७  का ४२  बर्षिय दुर्गानन्द शर्मा घाईते रहनु भएको छ । घाईते मध्य रुवी र समितको अवस्था गम्भिर रहेको र अन्य २ जनाको अवस्था सामान्य रहेको सिन्धुलीका प्रहरी नायव उपरिक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो । घाईतेलाई उपचारको लागि सिन्धुली अस्पताल ल्याइएको प्रहरी नायव उपरिक्षक श्रेष्ठको भनाई छ ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३