मरिण गाउँपालिकाका तीन वडा लक्षित गरी तीन दिने बाली उपचार शिविर सञ्चालन ।

सिन्धुलीको मरिण गाउँपालिकाका तीन वटा वडालाई लक्षित गरी तीन दिने बाली उपचार शिविर सञ्चालन गरिएको छ । किसानले लगाएका खाद्यन्न, तरकारी तथा फलफुल बालीमा देखिएका रोग तथा कीरा नियन्त्रणका लागि शिविर सञ्चालन गरिएको मरिण गाउँपालिकाको कृषी विकास शाखाले जनाएको छ ।  गाउँपालिकाको वडा नम्वर १, ६ र ७ लाई लक्षित गरी सञ्चालन गरिएको शिविर मार्फत किसानका खेतबारीमा देखिएका बालीजन्य समस्या पहिचान गरी आवश्यक प्राविधिक परामर्श तथा उपचार सम्बन्धी सुझाव दिइएको मरिण गाउँपालिका कृषी विकास शाखा प्रमुख शैलेस श्रेष्ठले जानकारी दिनुभयो । 


शिविरमा स्थानीय किसानले आफ्ना बालीमा देखिएका समस्या तथा रोगग्रस्त नमुना ल्याएर कृषि प्राविधिक सँग परामर्श लिएको शाखा प्रमुख श्रेष्ठको भनाई छ । कृषि विकास कार्यालय सिन्धुलीका बाली संरक्षण अधिकृत शुसिल श्रेष्ठ सहित गाउँपालिकाका कृषी प्राविधिक बाट दिइएको परामर्शमा १ सय ६० जना भन्दा बढी किसानले लाभ लिएको उहाँको भनाई छ । बालीमा देखिने रोग तथा कीराका कारण उत्पादनमा कमी आउन सक्ने भएकाले समयमै समस्या पहिचान गरी उपचार गर्न शिविर प्रभावकारी भएको गाउँपालिकाले जनाएको छ । सम्वन्धीत वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थितीमा सञ्चालित शिविरबाट किसानलाई बाली संरक्षण तथा उत्पादन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३