भोटेकोशी बाढी प्रभावितका लागि सिन्धुली बाट हिजो पनि आर्थिक सहयोग रकम जम्मा ।

भोटेकोशी बाढी प्रभावितका लागि सिन्धुली बाट हिजो पनि आर्थिक सहयोग रकम जम्मा भएको छ ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिन्धुलीको कमलामाई  ६ स्थित शिद्धस्थली बोर्डिङ स्कुल बाट १ लाख २२ हजार २ सय २२ रुपैया रकम जम्मा भएको हो  । जम्मा गरिएको रकमको भौचर प्रिन्सीपल ओम प्रद्यान बाट प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।  यस्तै प्याब्सनको राहत कोषमा समेत बोर्डिङ स्कुल बाट १५ हजार रकम राहत स्वरुप प्रदान गरिएको बोर्डिङ स्कुलले जनाएको छ । विपद्मा परेका नागरिकलाई सहयोग गर्नु मानविय तथा सामाजिक दायित्व भएकाले राहत रकम जम्मा गरिएको प्रिन्सीपल प्रद्यानको भनाई छ । राहत जम्मा गर्नका लागि शिक्षक, विद्यार्थी, कर्मचारीको पनि सक्रिय सहयोग रहेको उहाँको भनाई छ ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३