कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
कतारमा क्रियाशील जनप्रगतिशील मञ्च कतार र प्रवासी नेपाली एकता मञ्च कतारबीच ऐतिहासिक एकता भएको छ। दुई संस्थाबीचको एकतापछि ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च, कतार’ नामबाट नयाँ सांगठनिक यात्राको औपचारिक शुभारम्भ गरिएको हो।
एकतासँगै कतारमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य, सद्भाव र सामाजिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। साझा उद्देश्य र सहकार्यको भावनाका साथ अघि बढ्ने नयाँ संस्थाले प्रवासी नेपालीका हित, सामाजिक सरोकार तथा समुदायका विविध क्षेत्रमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने बताइएको छ। नयाँ संस्थाको संयोजकको जिम्मेवारी गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारका सल्लाहकार राजेन्द्र देवकोटाले प्राप्त गरेका छन्।दुई संस्थाबीचको एकतालाई स्वागत गर्दै एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले नयाँ संस्थाको गठनलाई सकारात्मक र महत्वपूर्ण कदमका रूपमा लिँदै बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष पन्थीले देवकोटाको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली मञ्च, कतारले नयाँ ऊर्जा, गतिशीलता र प्रभावकारी नेतृत्वका साथ थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे। उनले नयाँ संस्थाको आगामी कार्यकाल उपलब्धिमूलक, सफल र प्रवासी नेपाली समुदायका लागि परिणाममुखी बन्ने शुभकामनासमेत दिएका छन्। दुई संस्थाको एकीकरणलाई कतारमा रहेका नेपाली समुदायबीचको संगठनात्मक एकता र सहकार्यलाई नयाँ उचाइमा पुर्याउने महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ।
भर्खरै
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा आँखाको मोतिविन्दु भई शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टि खोली चश्मा वितरण ।
सिन्धुलीमा दुग्धजन्य पदार्थको मूल्य मनोमानी ढंगले वृद्धि नगर्न जिल्ला प्रशासन कार्यालयले सम्वन्धीत पक्षलाई निर्देशन ।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
धेरै पढिएको
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुली स्थित सिड्स नेपाल सिन्धुलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत रकम जम्मा ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ४ स्थित सिन्धुली पाठशाला बाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा

प्रतिकृया दिनुहोस