राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देश झन् ठूलो अन्योल र अनिश्चितताको बाटो तर्फ गई राखेको बताउनु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देश झन् ठूलो अन्योल र अनिश्चितताको बाटो तर्फ गई राखेको बताउनु भएको छ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुलीको आठौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै लिङ्गदेनले यस्तो बताउनु भएको हो । कार्यक्रमलाई संवोधन गर्दै लिङ्गदेनले हाल भू–राजनीतिका दृष्टिकोणले नेपाल झन् ठूलो सङ्कटमा परेको र अन्तर्राष्ट्रिय समुदायमा नेपाल एक्लिँदै जाने अवस्था आएको बताउनुभयो । यस्तो परिस्थिति बनि राख्दा त्यसको नोक्सान सरकारले मात्रै व्यहोर्नु नपर्ने भन्दै उहाँले त्यसको असर समग्र देशले बेहोर्नु पर्ने बताउनुभयो । त्यसका लागि देशलाई माया गर्ने मानिसहरू चनाखो भई एकताबद्ध भएर उभिनु पर्ने समय आएको उहाँको जिकिर थियो । अहिले देश ठूलो प्राकृतिक विपत्तिको बीचमा मात्र नभएर राजनीति हिसाबले पनि ठूलो विपत्तिको मुखमा रहेको उहाँको भनाई थियो ।
देशको यस्ता अवस्थामा निराश नभई अब राप्रपाले विशेष र विशिष्ट जिम्मेवारी आफ्नो काधमा लिने अध्यक्ष लिङ्गदेनको तर्क थियो । जिल्ला अध्यक्ष भिष्म राज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य जगत गौचन लगायतका नेता कार्यकर्ताले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
भर्खरै
भोटेकोशी बाढी प्रभावितका लागि सिन्धुली बाट हिजो पनि आर्थिक सहयोग रकम जम्मा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देश झन् ठूलो अन्योल र अनिश्चितताको बाटो तर्फ गई राखेको बताउनु भएको छ ।
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा आँखाको मोतिविन्दु भई शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टि खोली चश्मा वितरण ।
सिन्धुलीमा दुग्धजन्य पदार्थको मूल्य मनोमानी ढंगले वृद्धि नगर्न जिल्ला प्रशासन कार्यालयले सम्वन्धीत पक्षलाई निर्देशन ।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
धेरै पढिएको
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
सिन्धुलीमा दुग्धजन्य पदार्थको मूल्य मनोमानी ढंगले वृद्धि नगर्न जिल्ला प्रशासन कार्यालयले सम्वन्धीत पक्षलाई निर्देशन ।
नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा आँखाको मोतिविन्दु भई शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टि खोली चश्मा वितरण ।

प्रतिकृया दिनुहोस