सिन्धुलीका तीनवटा पालिकाको विभिन्न वडामा सञ्चालित बाल सम्वृद्धी तथा एकिकृत विकासका लागि हातेमालो परियोजना कार्यक्रमको सामाजिक लेखा परिक्षण सँगै समिक्षा ।
सिन्धुलीका तीनवटा पालिकाको विभिन्न वडामा सञ्चालित बाल सम्वृद्धी तथा एकिकृत विकासका लागि हातेमालो परियोजना कार्यक्रमको सामाजिक लेखा परिक्षण सँगै समिक्षा गरिएको छ । आज सामाजिक लेखा परिक्षण र जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बसी जिल्लाको तीनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको कार्यक्रमको समिक्षा गरिएको हो ।वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सिड्स नेपाल र रिलिफ नेपालबाट संयुक्त रुपमा सञ्चालित कार्यक्रमको जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको अध्यक्षतामा बैठक बसी समिक्षा गरिएको थियो । कार्यक्रमा हातेमालो परियोजना अन्तरगत भएका गतिविधिहरुको बारेमा सामाजिक लेखापरिक्षक टिकाजंग थापाले जानकारी गराउनु भएको थियो । यस्तै सन २०२६ मा तीन वटा पालिकाका वडा स्तरमा भएका गतिविधीको बारेमा सिड्स नेपालका कार्यक्रम संयोजक सागर घिताल र रिलिफ नेपालको तर्फबाट जीतेन्द्र साहले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जिल्ला संमन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले हातेमालो परियोजनाका कार्यक्रम प्रभाबकारी भएको बताउनुभयो । उहाँले सिन्धुली जिल्लाको समग्र विकासको लागि सरकारी तथा गैरसरकारी निकाय मिलेर जानु पर्ने धारणा राख्नु भयो । यस्तै जिल्ला संमनय सिन्धुलीका उपप्रमुख शान्ता कार्की ,पालिकाका जनतिनीधिपहरु गोलन्जोर गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्योैपाने पुकार, तिनपाटन गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष खड्ग बहादुर भुजेल लगायत लाभग्राहीले पनि कार्यक्रम प्रभावकारी रहेको धारणा राखेका थिए । कार्यक्रममा वल्ड भिजनका इन्टरनेशनल नेपालका पुर्वि क्षेत्रीय कार्यलय बर्दिबासका कार्यक्रम प्रबन्धक प्रमिल अधिकारीले स्थानीय आवश्यकता र सम्भावनाका आधार पहिचान गरी कार्यक्रम सञ्चालन गर्न वल्ड भिजनले साझेदारी गरेको बताउनुभयो । कार्यक्रममा सहभागिहरुले उठाएका प्रश्नको जवाफ रिलीफ नेपालका अध्यक्ष दुर्गा पौडेलले दिनु भएको थियो
भर्खरै
स्वर्गीय भरत माझीको परिवारलाई सिन्धुली सेवा समाज कतारद्वारा समवेदना ।
मरिण गाउँपालिकाका तीन वडा लक्षित गरी तीन दिने बाली उपचार शिविर सञ्चालन ।
सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा रोयल इन्फिल्ड बाइक फेस्टिभल काउन्टर सेल्सको उद्घाटन ।
सिन्धुलीका तीनवटा पालिकाको विभिन्न वडामा सञ्चालित बाल सम्वृद्धी तथा एकिकृत विकासका लागि हातेमालो परियोजना कार्यक्रमको सामाजिक लेखा परिक्षण सँगै समिक्षा ।
भोटेकोशी बाढी प्रभावितका लागि सिन्धुली बाट हिजो पनि आर्थिक सहयोग रकम जम्मा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देश झन् ठूलो अन्योल र अनिश्चितताको बाटो तर्फ गई राखेको बताउनु भएको छ ।
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
धेरै पढिएको
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
स्वर्गीय भरत माझीको परिवारलाई सिन्धुली सेवा समाज कतारद्वारा समवेदना ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
सिन्धुलीका तीनवटा पालिकाको विभिन्न वडामा सञ्चालित बाल सम्वृद्धी तथा एकिकृत विकासका लागि हातेमालो परियोजना कार्यक्रमको सामाजिक लेखा परिक्षण सँगै समिक्षा ।
मरिण गाउँपालिकाका तीन वडा लक्षित गरी तीन दिने बाली उपचार शिविर सञ्चालन ।
नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा आँखाको मोतिविन्दु भई शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टि खोली चश्मा वितरण ।
सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा रोयल इन्फिल्ड बाइक फेस्टिभल काउन्टर सेल्सको उद्घाटन ।

प्रतिकृया दिनुहोस