रोट्रयाक्ट क्लब अफ सिन्धुलीगढीको नयाँ नेतृत्वलाई पद हस्तान्तरण
रोट्रयाक्ट क्लब अफ सिन्धुलीगढीको नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको छ । नवनिर्वाचित अध्यक्ष रोट्रयाक्टर किरण श्रेष्ठलाई पद हस्तान्तरण गरिएको हो । सातौँ पदस्थापना समारोह कार्यक्रम गरी हाल निवर्तमान अध्यक्ष रोट्रयाक्टर नबिन दीप देवकोटाले आफ्नो कार्यकालको जिम्मेवारी नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो । पुर्वाधार विकास समिति सभापती एवं सिन्धुली क्षेत्र नम्बर २ का सांसद आशिष गजुरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी पद हस्तान्तरण गरिएको थियो । कार्यक्रममा युवाहरूलाई सामाजिक सेवामा सक्रिय बनाउदै नेतृत्व तथा व्यक्तित्व विकास गर्न र समुदायमा सकारात्मक परिवर्तन ल्याउन नयाँ नेतृत्व बाट उल्लेखनिय काम हुने विश्वास व्यक्त गरिएको थियो ।
रोट्रयाक्ट क्लब अफ सिन्धुलीगढीले सामाजिक सेवा, युवा नेतृत्व विकास, शिक्षा, स्वास्थ्य तथा समुदायमा आवश्यक विभिन्न सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ । नयाँ नेतृत्वले आगामी कार्यकालमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै सामाजिक क्षेत्रमा योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा रोटरी तथा रोट्रयाक्टका प्रतिनिधि, क्लबका सदस्य, विभिन्न क्षेत्रका व्यक्तित्व तथा शुभेच्छुकहरुको उपस्थिती रहेको थियो ।
भर्खरै
सिन्धुलीमा विद्यालय खानेपानी तथा सरसफाइ प्रवद्र्धन सम्बन्धी शिक्षक क्षमता विकास तथा पुनर्ताजगी तालिम सञ्चालन ।
सिन्धुलीका ६ स्थानीय तहमा रहेका २० विद्यालयका बाल विकास सहजकर्तालाई पाँच दिने तालिम ।
सिन्धुली जिल्लाका तीनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकामा स्थानीय परियोजना सल्लाहकार समितिको बैठक बसी समुदायको विकासमा योगदान पुर्याउने विषयमा छलफल ।
लोटस कम्प्युटर एण्ड ल्याङ्योज इन्टिच्युटले दशै, तिहार तथा छठ पर्वको शुभकामना आदन प्रदान गर्दै आफ्ना विद्यार्थीलाई प्रमाणपत्र वितरण ।
सिन्धुलीको कमलामाई नगरपालिकामा निर्माण गरिएको कमलामाई सिटी हलको आज उद्घाटन ।
रेडियो सिद्धबाबा ९८ दशमलब ४ मेगाहर्ज आज बाट परिक्षण प्रशारणको १४ बर्ष पुरा गरी १५ औं बर्षमा प्रवेश ।
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस सम्पन्न ।
धेरै पढिएको
सिन्धुली जिल्लाका तीनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकामा स्थानीय परियोजना सल्लाहकार समितिको बैठक बसी समुदायको विकासमा योगदान पुर्याउने विषयमा छलफल ।
सिन्धुलीका ६ स्थानीय तहमा रहेका २० विद्यालयका बाल विकास सहजकर्तालाई पाँच दिने तालिम सुरु ।
सिन्धुलीको कमलामाई नगरपालिकामा निर्माण गरिएको कमलामाई सिटी हलको आज उद्घाटन ।
रेडियो सिद्धबाबा ९८ दशमलब ४ मेगाहर्ज आज बाट परिक्षण प्रशारणको १४ बर्ष पुरा गरी १५ औं बर्षमा प्रवेश ।
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस सम्पन्न ।
लोटस कम्प्युटर एण्ड ल्याङ्योज इन्टिच्युटले दशै, तिहार तथा छठ पर्वको शुभकामना आदन प्रदान गर्दै आफ्ना विद्यार्थीलाई प्रमाणपत्र वितरण ।
सिन्धुलीका ६ स्थानीय तहमा रहेका २० विद्यालयका बाल विकास सहजकर्तालाई पाँच दिने तालिम ।

प्रतिकृया दिनुहोस