सिन्धुलीमा विद्यालय खानेपानी तथा सरसफाइ प्रवद्र्धन सम्बन्धी शिक्षक क्षमता विकास तथा पुनर्ताजगी तालिम सञ्चालन ।

सिन्धुलीमा विद्यालय खानेपानी तथा सरसफाइ प्रवद्र्धन सम्बन्धी शिक्षक क्षमता विकास तथा पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ । शसक्त बालिका  सुरक्षित समाज परियोजना अन्तर्गत हिजो र आज तालिम सञ्चालन गरिएको हो । विद्यालयमा खानेपानी तथा स्वच्छता तीन तारा पद्धती सम्बन्धी गतिविधिलाई प्रभावकारी बनाउने र शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिको प्रशिक्षक केदार खतीवडाले सहजीकरण गर्नु भएको थियो ।

प्लान इन्टरनेसनल नेपालको साझेदारीमा जेएसडिपी सिन्धुली र ह्यान्ड्स नेपालको आयोजनामा तालिम दिइएको थियो । तालिमले विद्यालयमा स्वच्छ खानेपानीको पहुँच, सरसफाइका अभ्यास तथा स्वच्छता सम्बन्धी व्यवहार प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३
↑