सिन्धुलीका ६ स्थानीय तहमा रहेका २० विद्यालयका बाल विकास सहजकर्तालाई पाँच दिने तालिम सुरु ।
सिन्धुलीका ६ स्थानीय तहमा रहेका २० विद्यालयका बाल विकास सहजकर्तालाई पाँच दिने तालिम सुरु गरिएको छ । प्रारम्भिक बालविकास र शिक्षण विधिलाई सुदृढ बनाउँदै न्यून तथा शून्य लागतका शिक्षण–सिकाइ सामग्री विकास र प्रयोगमा सहयोग पु¥याउने उद्देश्यले तालिम दिन थालिएको हो ।प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ‘सशक्त बालिकाः सुरक्षित समाज’ परियोजना अन्तर्गत जनजाति समाज विकास कार्यक्रम सिन्धुली र ह्याण्ड्स नेपाल द्वारा संयुक्त रूपमा आयोजिना गरिएको हो । असोज २७ गते सम्म हुने गरी तालिम आज जेएसडिपी सिन्धुलीका अध्यक्ष प्रदीप लुङ्गेली मगरको अध्यक्षतामा कार्यक्रम गरी सुरु गरिएको थियो । तालिममा परियोजनाको उद्देश्य तथा तालिमको महत्वबारे जेएसडिपीका कार्यक्रम संयोजक सागर धितालले जानकारी गराउनु भएको थियो ।
बाल विकास सहजकर्ताको प्रारम्भिक बालविकास सम्बन्धी विषयगत ज्ञान, शिक्षण सीप तथा क्षमता अभिवृद्धि गर्नुका साथै प्रारम्भिक बाल विकास केन्द्रका बालबालिकाको सिकाइ मूल्याङ्कन मापदण्ड सम्बन्धी सहजीकरण, बालबालिकाको उमेर, विकासात्मक अवस्था, क्षमता र रुचि अनुसार प्रभावकारी रूपमा शिक्षण–सिकाइ सहजीकरण गर्न सक्षम बनाउने तालिमको अपेक्षा छ । विशेषगरी स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको प्रयोग गरी न्यून तथा शून्य लागतका शिक्षण–सिकाइ सामग्री निर्माण, सङ्कलन र प्रयोग गर्ने सीप विकासमा पनि जोड दिइएको छ ।तालिममा प्रारम्भिक बालविकासको अवधारणा, सिद्धान्त तथा चरणहरू, बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकास, बालविकास सम्बन्धी नीति तथा कानुनी व्यवस्था र परिमार्जित प्रारम्भिक बालविकास पाठ्यक्रम सम्बन्धी विषय समेटिएका छन ्। यसका साथै बालमैत्री, समावेशी तथा अपाङ्गतामैत्री सिकाइ वातावरण निर्माण, बालबालिकाको विकास र सिकाइमा प्रभाव पार्ने तत्वहरू तथा सहजकर्ताको भूमिकाबारे समेत सहजीकरण गरिनेछ ।त्यसैगरी, खेल, कथा, कविता, सङ्गीत, कला, अभिनय तथा अन्य सिर्जनात्मक शिक्षण विधिमार्फत बालबालिकाको सिकाइ सहजीकरण गर्ने तरिका, एकीकृत शिक्षण–सिकाइ प्रक्रिया, पूर्वसाक्षरता तथा प्रारम्भिक गणितीय सीप विकास र वार्षिक, मासिक, साप्ताहिक तथा दैनिक कार्ययोजना निर्माणसम्बन्धी विषयमा व्यावहारिक ज्ञान प्रदान गरिनेछ। कक्षाकोठा व्यवस्थापन, बालबालिकाको सिकाइ उपलब्धि मूल्याङ्कन तथा अभिभावक शिक्षालाई समेत तालिममा प्राथमिकता दिइएको छ ।
प्रशिक्षक भीमा राईको सहजीकरणमा सञ्चालित तालिममा छलफल, समूहकार्य, प्रस्तुतीकरण, नमुना शिक्षण तथा शैक्षिक सामग्री निर्माण र प्रयोगजस्ता सहभागितामूलक विधि अपनाइनेछ । यसबाट सहभागी शिक्षकहरूले स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै बालबालिकाको आवश्यकता र रुचिअनुसार सिर्जनात्मक तथा व्यावहारिक शिक्षण–सिकाइ सामग्री तयार गर्ने सीप हासिल गर्ने अपेक्षा गरिएको छ ।
प्रारम्भिक बाल्यावस्था बालबालिकाको सर्वाङ्गीण विकासको महत्त्वपूर्ण चरण भएकाले यस अवधिमा उपयुक्त सिकाइ अवसर, सुरक्षित वातावरण र बालकेन्द्रित शिक्षण विधिको आवश्यकता हुन्छ। सहजकर्ताहरूको क्षमता विकासमार्फत प्रारम्भिक बालविकास केन्द्र तथा पूर्वप्राथमिक कक्षाको शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, गुणस्तरीय र समावेशी बनाउने लक्ष्य तालिमले लिएको छ ।पाँच दिनसम्म सञ्चालन हुने तालिमबाट प्राप्त ज्ञान, सीप तथा अभ्यासलाई सहभागी शिक्षकहरूले आ–आफ्ना विद्यालयमा प्रयोग गरी बालमैत्री सिकाइ वातावरण निर्माण, शिक्षण विधिमा सुधार तथा बालबालिकाको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
भर्खरै
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस सम्पन्न ।
सिन्धुलीका ६ स्थानीय तहमा रहेका २० विद्यालयका बाल विकास सहजकर्तालाई पाँच दिने तालिम सुरु ।
सिन्धुलीकी कमलामाई नगरपालिका–२ भद्रकाली, कालिटार निवासी संगीता श्रेष्ठ गिरीले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल ।
नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखाको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न ।
सिन्धुलीको घ्याङलेख गाउँपालिकामा सचेतनामूलक तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ६ स्थित शिद्धबाबा माध्यमिक विद्यालय पानी ट्याङकीले दुना, टपरीलाई विद्यालयको आम्दानीको श्रोत बनाए ।
माध्यमिक विद्यालय शिक्षक यूनियन नेपाल (हिस्टुन) सिन्धुलीको छैठौ जिल्ला अधिवेशन बाट गोपाल प्रसाद पहाडी अध्यक्षमा चयन ।
धेरै पढिएको
सिन्धुलीकी कमलामाई नगरपालिका–२ भद्रकाली, कालिटार निवासी संगीता श्रेष्ठ गिरीले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल ।
सिन्धुलीका ६ स्थानीय तहमा रहेका २० विद्यालयका बाल विकास सहजकर्तालाई पाँच दिने तालिम सुरु ।
नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखाको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ६ स्थित शिद्धबाबा माध्यमिक विद्यालय पानी ट्याङकीले दुना, टपरीलाई विद्यालयको आम्दानीको श्रोत बनाए ।
सिन्धुलीको घ्याङलेख गाउँपालिकामा सचेतनामूलक तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न ।
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस सम्पन्न ।





प्रतिकृया दिनुहोस