सिन्धुलीकी कमलामाई नगरपालिका–२ भद्रकाली, कालिटार निवासी संगीता श्रेष्ठ गिरीले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल ।
सिन्धुलीकी कमलामाई नगरपालिका–२ भद्रकाली, कालिटार निवासी संगीता श्रेष्ठ गिरीले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ। Acute Myeloid Leukemia अर्थात् एएमएल ब्लड क्यान्सरबाट पीडित गिरी विगत चार महिनाभन्दा बढी समयदेखि उपचाररत हुनुहुन्छ। उहाँको हाल काठमाडौंको मिनभवनस्थित सिभिल सर्भिस अस्पतालको हेमाटोलोजी विभागमा उपचार भइरहेको छ।उपचारका क्रममा पटक–पटक केमोथेरापी, लामो समय अस्पताल बस्नुपर्ने अवस्था, विभिन्न स्वास्थ्य परीक्षण, महँगा औषधि तथा रगत र प्लेटलेटलगायतका उपचारमा परिवारको ठूलो रकम खर्च भइसकेको जनाइएको छ । चार महिनाभन्दा लामो उपचारपछि पनि स्वास्थ्यमा अपेक्षाअनुसार सुधार आउन नसकेपछि थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा लैजाने तयारी गरिएको छ। उहाँका लागि बोन म्यारो तथा स्टेम सेल ट्रान्सप्लान्टसहितको थप उपचार आवश्यक रहेको जनाइएको छ।
थप उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले परिवारले आर्थिक भार एक्लै धान्न कठिन भएको भन्दै गिरीले देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्त, साथीभाइ तथा सहयोगी मनहरूसमक्ष आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरिदिन अपिल गर्नुभएको छ।साथै, आर्थिक सहयोग गर्न नसक्नेहरूले अपिललाई सामाजिक सञ्जालमार्फत सेयर गरी सहयोगी मनहरूसम्म पुर्याइदिन पनि उहाँले अनुरोध गर्नुभएको छ।उपचारका लागि सहयोग गर्न चाहनेहरूले संगीता श्रेष्ठ गिरीको नाममा रहेको सिद्धार्थ बैंकको खाता नम्बर ०२११६८१८५७० मा रकम जम्मा गर्न सक्ने जनाइएको छ।
सहयोग गरेपछि रकम पठाएको स्क्रिनसट ९८५४०४२९६६ नम्बरको ह्वाट्सएप वा म्यासेन्जरमा पठाइदिनसमेत अनुरोध गरिएको छ।गिरीले आफ्नो उपचार अभियानमा आर्थिक सहयोगसँगै सबैको प्रार्थना, साथ र सहयोगको अपेक्षा गर्नुभएको छ।
भर्खरै
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस सम्पन्न ।
सिन्धुलीका ६ स्थानीय तहमा रहेका २० विद्यालयका बाल विकास सहजकर्तालाई पाँच दिने तालिम सुरु ।
सिन्धुलीकी कमलामाई नगरपालिका–२ भद्रकाली, कालिटार निवासी संगीता श्रेष्ठ गिरीले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल ।
नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखाको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न ।
सिन्धुलीको घ्याङलेख गाउँपालिकामा सचेतनामूलक तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ६ स्थित शिद्धबाबा माध्यमिक विद्यालय पानी ट्याङकीले दुना, टपरीलाई विद्यालयको आम्दानीको श्रोत बनाए ।
माध्यमिक विद्यालय शिक्षक यूनियन नेपाल (हिस्टुन) सिन्धुलीको छैठौ जिल्ला अधिवेशन बाट गोपाल प्रसाद पहाडी अध्यक्षमा चयन ।
धेरै पढिएको
सिन्धुलीकी कमलामाई नगरपालिका–२ भद्रकाली, कालिटार निवासी संगीता श्रेष्ठ गिरीले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल ।
सिन्धुलीका ६ स्थानीय तहमा रहेका २० विद्यालयका बाल विकास सहजकर्तालाई पाँच दिने तालिम सुरु ।
नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखाको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ६ स्थित शिद्धबाबा माध्यमिक विद्यालय पानी ट्याङकीले दुना, टपरीलाई विद्यालयको आम्दानीको श्रोत बनाए ।
सिन्धुलीको घ्याङलेख गाउँपालिकामा सचेतनामूलक तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न ।
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस सम्पन्न ।

.png)

प्रतिकृया दिनुहोस