माध्यमिक विद्यालय शिक्षक यूनियन नेपाल (हिस्टुन) सिन्धुलीको छैठौ जिल्ला अधिवेशन बाट गोपाल प्रसाद पहाडी अध्यक्षमा चयन ।
माध्यमिक विद्यालय शिक्षक यूनियन नेपाल (हिस्टुन) सिन्धुलीको छैठौ जिल्ला अधिवेशन बाट गोपाल प्रसाद पहाडी अध्यक्षमा चयन हुनु भएको छ । सिन्धुलीका साविक उच्च मावि तहमा पढाउनु हुने शिक्षकहरुको सहभागीतामा आज भएको अधिवेशन बाट पहाडी अध्यक्षमा चयन हुनु भएको हो । अधिवेशन बाट ललित वहादुर थापा वरिष्ठ उपाध्यक्ष, लक्ष्मी भण्डारी महिला उपाध्यक्ष, सन्तोष थापा र नविनसरी राई उपाध्यक्ष, गोपाल श्रेष्ठ सचिव, दिलेन्द्र पौडेल कोषाध्यक्ष लगायत अन्य सदस्यमा चयन हुनु भएको छ । जिल्ला अध्यक्ष धनवहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एवं हिस्टुन केन्द्रीय समितिका उपाध्यक्ष सन्तोष कुमार वोहरा, केन्द्रीय सदस्य सूर्यविक्रम कार्की, वागमती प्रदेश समिति सदस्य सुदन सापकोटा लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा लामो समय सम्म साविक उमावि तहमा पढाउनु हुने दिपकराज वराल र वेदानन्द साहलाई सम्मान गरिएको थियो । साविक उमावि तहमा पढाउने सम्पूर्ण शिक्षकहरुको पेसागत समस्यालाई राज्यले गंभीर रुपमा लिनु पर्नेमा जोड दिइएको थियो । कार्यक्रममा २०४७ सालदेखि उमावि तहको पठनपाठन भएता पनि हाल सम्म एकजना शिक्षकको स्थायीत्व नभएकोमा राज्यको कमजोरी रहेको ठहर गरिएको थियो ।
भर्खरै
माध्यमिक विद्यालय शिक्षक यूनियन नेपाल (हिस्टुन) सिन्धुलीको छैठौ जिल्ला अधिवेशन बाट गोपाल प्रसाद पहाडी अध्यक्षमा चयन ।
सिन्धुलीको कमलामाई नगरपालिका–१, वेल्टारस्थित श्री शिखर माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थी समाजले विद्यालयका १ सय ४२ जना विद्यार्थीलाई ट्र्याकसुट सहयोग ।
सिन्धुलीको दुधौली नगरपालिकाले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई मासिक रूपमा तलब तथा भत्ता उपलब्ध गराउने व्यवस्था ।
सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागुऔषध सहित दुई जनालाई पक्राउ ।
विश्व रेबिज दिवस २०२६ को अवसरमा सिन्धुलीको फिक्कल गाउँपालिकाले ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने नाराका साथ रेबिज विरुद्धको निःशुल्क खोप अभियान गरी दिवस मनाइयो ।
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस अक्टोबर ९ मा मनाइँदै ।
भाेटेकाेशी बाढीमा परि दिवंगत भएका गाैतमलाई काँग्रेस कमलामाई ३ काे आर्थिक सहयाेग ।
धेरै पढिएको
सिन्धुलीको कमलामाई नगरपालिका–१, वेल्टारस्थित श्री शिखर माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थी समाजले विद्यालयका १ सय ४२ जना विद्यार्थीलाई ट्र्याकसुट सहयोग ।
सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागुऔषध सहित दुई जनालाई पक्राउ ।
माध्यमिक विद्यालय शिक्षक यूनियन नेपाल (हिस्टुन) सिन्धुलीको छैठौ जिल्ला अधिवेशन बाट गोपाल प्रसाद पहाडी अध्यक्षमा चयन ।
सिन्धुलीको दुधौली नगरपालिकाले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई मासिक रूपमा तलब तथा भत्ता उपलब्ध गराउने व्यवस्था ।

प्रतिकृया दिनुहोस