भाेटेकाेशी बाढीमा परि दिवंगत भएका गाैतमलाई काँग्रेस कमलामाई ३ काे आर्थिक सहयाेग ।

सिन्धुलीमा मिलीजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २४औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष उज्ज्वल ढकालको अध्यक्षता तथा संस्थापक एवं सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दीपक कुमार घिमिरेको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि घिमिरेले मिलीजुली बचत तथा ऋण सहकारी संस्थाको स्थापना र विकासक्रमबारे जानकारी गराउँदै सहकारीको हित र विकासमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।


साधारण सभामा संस्थाका अध्यक्ष उज्ज्वल ढकालले संस्थाको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँका अनुसार संस्थाले २०८२ साल असार मसान्तसम्म २ करोड २८ लाख ९५ हजार रुपैयाँ शेयर पुँजी संकलन गरेकोमा चालु आर्थिक वर्षको अन्त्यसम्म २ करोड ४२ लाख ८२ हजार रुपैयाँ शेयर पुँजी संकलन गर्न सफल भएको बताउनु भएको थियो ।
साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, असल ऋणी, नियमित तथा अधिकतम बाल खुत्रुके बचतकर्ता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ। साथै संस्थाका तीन जना सदस्यका परिवारका कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।त्यसैगरी, माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पनि सम्मान गरिएको छ।


कार्यक्रममा कमलामाई नगरपालिका भूमि व्यवस्था तथा सहकारी शाखाका प्रमुख मुकेश तामाङ, जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष नवराज कोइराला, जनज्योति माध्यमिक विद्यालय फोस्रेटारका प्रधानाध्यापक योगेन्द्रप्रसाद अधिकारी, सिड्स नेपालका कोशाध्यक्ष वाल कुमारी श्रेष्ठ विमला संस्थापक गोपालकुमार पौडेल,स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्थाका कृष्णबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३
↑