सिन्धुलीका स्थानिय तहले निरन्तरको बर्षा बाट हुने सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै विद्यालय बिदा गर्ने निर्णय ।
सिन्धुलीका स्थानिय तहले निरन्तरको बर्षा बाट हुने सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै विद्यालय बिदा गर्ने निर्णय गरेका छन् । कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका, तीनपाटन गाउँपालिका, घ्याङलेख गाउँपालिका र फिक्कल गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । कमलामाई नगरपालिकाले भने विद्यालय प्रशासन र व्यवस्थापन समिति बीच समन्वय गरी आवश्यकताका आधारमा बिदा गर्न भनेको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार सिन्धुलीमा निरन्तर वर्षा भइरहेकाले विद्यार्थी, शिक्षक तथा कर्मचारीको आवत जावतमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी विद्यालय बन्द गरिएको स्थानीय तहहरूले जनाएका छन् । विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी देखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ ।
यस अघि शिक्षा तथा खेलकुद मन्त्रालयले पनि अति भारी वर्षाबाट हुन सक्ने जोखिम बाट जोगिन स्थानीय तहसँग समन्वय गरी विद्यालय बन्द गर्न तथा आवश्यक परीक्षाहरू स्थगित गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको थियो ।
भर्खरै
विश्व रेबिज दिवस २०२६ को अवसरमा सिन्धुलीको फिक्कल गाउँपालिकाले ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने नाराका साथ रेबिज विरुद्धको निःशुल्क खोप अभियान गरी दिवस मनाइयो ।
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस अक्टोबर ९ मा मनाइँदै ।
भाेटेकाेशी बाढीमा परि दिवंगत भएका गाैतमलाई काँग्रेस कमलामाई ३ काे आर्थिक सहयाेग ।
रसुवाकाे भाेटेकाेशी बाढीबाट सम्पर्क बिहिन भए पश्चात् धार्मिक परम्परा अनुसार काजकिरिया शुरू गरिएका कमलामाई ३ चपाैलीका हेम प्रसाद गाैतमकाे परिवारलाई आर्थिक सहयाेग ।
सिन्धुलीका स्थानिय तहले निरन्तरको बर्षा बाट हुने सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै विद्यालय बिदा गर्ने निर्णय ।
बालबालिकाका सबालमा काम गर्दै आएको रिलिफ नेपालले आज १८ औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम ।
कमलामाई १ स्थित भगवती महिला बचत तथा ऋण सहकारी संस्थाको छैटौँ अधिवेशन बाट फेरी श्रेष्ठ अध्यक्षमा चयन ।
धेरै पढिएको

प्रतिकृया दिनुहोस