बालबालिकाका सबालमा काम गर्दै आएको रिलिफ नेपालले आज १८ औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम ।

बालबालिकाका सबालमा काम गर्दै आएको रिलिफ नेपालले आज १८ औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम गरेको छ । कार्यक्रममा संस्थाले एक आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रम, गतिविधि तथा उपलब्धिको समीक्षा गर्दैै संस्थाको आगामी कार्य दिशाका विषयमा छलफल गरेको छ । कार्यक्रममा प्रमुख अतिथी तथा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीले रिलिफ नेपालले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी भएको  बताउनुभयो । यस्तै गोलन्जोर गाउँपालिका उपाध्यक्ष, ज्वाला प्रसाद न्यौपाने, तिनपाटन गाउँपालिका उपाध्यक्ष धन बहादुर पुलामी, सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेल, जनस्वाथ्य कार्यालय प्रमुल विमल पटेल, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख दिनेश प्रसाद देवकोटा, रेडक्रस सभापती अशोक श्रेष्ठ, सिन्धुली उद्योग बाणिज्य संघका उपाध्यक्ष रामकुमार राजभण्डारी लगायत अन्य सरोकारवालाले कार्यक्रमको प्रभावकारिताका बारेमा धारणा राख्नु भएको थियो । कार्यक्रममा रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले कार्यक्रम सञ्चालनका लागि साझेदारी संस्थाले गरेको सहयोग प्रती धन्यबाद व्यक्त गर्दै बालबालिकाको सबालमा  ईमान्दारीपुर्वक लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा रिलीफ नेपालले गरेको बार्षिक कामको सामाजिक लेखापरीक्षणको प्रस्तुतीकरण  सामाजिक लेखा परिक्षक टिका जंग थापाले गर्नुभएको थियो ।


कार्यक्रममा संस्थाले समुदाय तथा लक्षित वर्गलाई प्रदान गर्दै आएको सेवा, कार्यक्रम कार्यान्वयनको अवस्था, उपलब्धि, प्रभाव तथा आगामी दिनमा गर्नु पर्ने सुधारका विषयमा छलफल तथा परामर्श गरिएको थियो । कार्यक्रममा सहभागी बाट संस्थाले बालबालिका तथा समुदायको हितमा सञ्चालन गरेका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सरोकारवाला बीच निरन्तर समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो । वल्र्ड भिजन इन्टरनेशनल नेपाल, चाईल्ड एड नेटवर्क फाउण्डेशन नेपाल र अल ह्याण्ड्स एण्ड हार्ट्सको साझेदारीमा रिलिफ नेपालले बाल अधिकार तथा संरक्षण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, कृषि तथा आर्थिक विकास र विपद् जोखिम व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३
↑