सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस अक्टोबर ९ मा मनाइँदै ।
सिन्धुली सेवा समाज, कतारले आफ्नो २३औँ स्थापना दिवस आगामी अक्टोबर ९, २०२६ मा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ। दोहास्थित प्लाजा महलको जिम्बु थाकाली रेस्टुरेन्टमा आयोजना हुने कार्यक्रममा दसैँ–तिहार शुभकामना आदान–प्रदान, आपत्कालीन कोष स्थापनार्थ भाग्यशाली चिठ्ठा तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने समाजले जनाएको छ।
समाजका सूचना तथा प्रचार–प्रसार विभागका महासचिव राज आले मगरका अनुसार स्थापना दिवसका लागि आवश्यक तयारी पूरा भइसकेको छ। कार्यक्रममा कतारमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, शुभेच्छुक तथा कतारमा कार्यरत सिन्धुलीवासीको सहभागिता रहने अपेक्षा गरिएको छ।
स्थापना दिवसका अवसरमा सिन्धुली जिल्लाका पर्यटकीय स्थलहरूको ब्यानरमार्फत प्रचार–प्रसार समेत गरिने समाजले जनाएको छ। यसबाट कतारमा रहेका नेपाली समुदायबीच सिन्धुलीको पर्यटन तथा पहिचान प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।समाजले कार्यक्रममा सहभागी भई स्थापना दिवसलाई सफल बनाउन कतारमा रहेका सम्पूर्ण सिन्धुलीवासी, सामाजिक संघ–संस्था तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ।समाजका अनुसार स्थापना दिवसले कतारमा रहेका सिन्धुलीवासीबीच आपसी एकता, सद्भाव, सहकार्य र भाइचारा थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्यासउने अपेक्षा गरिएको छ।
भर्खरै
विश्व रेबिज दिवस २०२६ को अवसरमा सिन्धुलीको फिक्कल गाउँपालिकाले ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने नाराका साथ रेबिज विरुद्धको निःशुल्क खोप अभियान गरी दिवस मनाइयो ।
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस अक्टोबर ९ मा मनाइँदै ।
भाेटेकाेशी बाढीमा परि दिवंगत भएका गाैतमलाई काँग्रेस कमलामाई ३ काे आर्थिक सहयाेग ।
रसुवाकाे भाेटेकाेशी बाढीबाट सम्पर्क बिहिन भए पश्चात् धार्मिक परम्परा अनुसार काजकिरिया शुरू गरिएका कमलामाई ३ चपाैलीका हेम प्रसाद गाैतमकाे परिवारलाई आर्थिक सहयाेग ।
सिन्धुलीका स्थानिय तहले निरन्तरको बर्षा बाट हुने सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै विद्यालय बिदा गर्ने निर्णय ।
बालबालिकाका सबालमा काम गर्दै आएको रिलिफ नेपालले आज १८ औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम ।
कमलामाई १ स्थित भगवती महिला बचत तथा ऋण सहकारी संस्थाको छैटौँ अधिवेशन बाट फेरी श्रेष्ठ अध्यक्षमा चयन ।
धेरै पढिएको

प्रतिकृया दिनुहोस