कमलामाई १ स्थित भगवती महिला बचत तथा ऋण सहकारी संस्थाको छैटौँ अधिवेशन बाट फेरी श्रेष्ठ अध्यक्षमा चयन ।

कमलामाई नगरपालिका वडा नम्वर १ स्थित भगवती महिला बचत तथा ऋण सहकारी संस्थाको १८ औँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन बाट फेरी पार्वती श्रेष्ठ अध्यक्षमा चयन हुनु भएको छ । अधिवेशनबाट उपाध्यक्षमा सावित्रा चौलागाई, सचिवमा गोमा दाहाल, कोषाध्यक्ष ज्ञानी बुढाथोकी चयन हुनु भएको छ । यस्तै सदस्यमा जानुका बिक, तिल कुमारी मैनाली, संगिता देवकोटा, दुर्गा घिमिरे, रमा घिमिरे चयन हुनु भएको छ । यस्तै अधिवेशनबाट लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति र शिक्षा उप समितिमा नयाँ नेतृत्व चयन गरिएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले भगवती महिला बचत तथा ऋण सहकारी संस्था जिल्लामा राम्रो आर्थिक कारोबार तथा सहकारी व्यवस्थापन गर्ने संस्थाका रुपमा रहेको बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सदस्य कृष्णहरि कोइरालाले थोरै–थोरै रकमबाट गरिएको बचतले भविष्यमा अप्ठ्यारो पर्दा ठूलो सहयोग पुग्ने गरेको बताउनुभयो । यस्तै कमलामाई नगरपालिकाका भूमी तथा सहकारी शाखा प्रमुख मुकेश तामाङले अप्ठ्यारो अवस्थामा सहकारीले आफ्ना सदस्यलाई आर्थिक रुपमा सहयोग गर्ने गरेको धारणा राख्नभयो ।

जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष नवराज कोइरालाले सहकारीका नीति, नियम तथा सिद्धान्तबारे जानकारी गराउँदै अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । साधारण सभा एवं अधिवेशन बाट सहकारीको आगामी कार्यदिशा तय गर्दै सदस्यको आर्थिक विकास र सहकारीको संस्थागत सुदृढीकरणमा थप सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता जनाएको  छ ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३
↑