सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस सम्पन्न ।

 सिन्धुली सेवा समाज, कतारको २३औँ स्थापना दिवस तथा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम–२०२६ शुक्रबार, ९ अक्टोबर २०२६ का दिन कतारको दोहास्थित प्लाजा महलमा रहेको जिम्बु थकाली रेस्टुरेन्टमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।समाजका कार्यवाहक अध्यक्ष दीर्घबहादुर माझीको अध्यक्षता तथा बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष कविन्द्र कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम समाजका महासचिव राज आले मगरले सञ्चालन गरेका थिए।


कार्यक्रममा कतारमा स्थापित विभिन्न नेपाली संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कलाकार, पत्रकार तथा सिन्धुलीवासी दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले स्थापना दिवस तथा विजयादशमीको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै समाजको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।
समाजका विशेष सल्लाहकार तथा पूर्व अध्यक्ष दीर्घबहादुर बुरुजा मगरले संस्थाको स्थापना, उद्देश्य, गतिविधि तथा योगदानबारे प्रकाश पारेका थिए। कार्यक्रममा स्थानीय कलाकारहरूले गीत, संगीत तथा नृत्यलगायत विविध सांस्कृतिक प्रस्तुति दिएका थिए।
सांस्कृतिक कार्यक्रममा रामहरी चौलागाईंले ‘सिन्धुली गढी घुमेर हेर्दा’ गीत प्रस्तुत गर्दै सिन्धुलीको ऐतिहासिक पहिचान र गौरवलाई स्मरण गराएका थिए। त्यसैगरी सानु बाबु तामाङ, गौतम मोक्तान तामाङ, राजन थोक्कर, समीर तामाङलगायत गायक तथा सुस्मिता केसी, डोल्मा ब्लोन तामाङ, आशली माया तामाङ, गोइजिन ब्लोन तामाङ, पवित्रा मोक्तान तामाङ, महेश श्याङ्तान तामाङ र कुशन मोक्तान तामाङलगायत कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा विजयादशमी तथा आगामी चाडपर्वको शुभकामना आदानप्रदानसँगै नेपाली कला, संस्कृति र आपसी सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।समाजले सिन्धुली जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गर्ने उद्देश्यले ब्यानरमार्फत जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने जनाएको छ।विदेशमा रहेर पनि आफ्नो जन्मभूमि सिन्धुलीको पहिचान, भाषा, संस्कृति र सामाजिक एकतालाई जोगाउँदै आएको सिन्धुली सेवा समाज, कतारले २३औँ स्थापना दिवसका अवसरमा संस्थाको उद्देश्यलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३
↑