गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न सरकारको स्वीकृति
काठमाडौ । सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ।
मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार गेटा अस्पताल अब सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने भएको हो। यससँगै अस्पतालबाट विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका साथै चिकित्साशास्त्र अध्ययन–अध्यापन, अनुसन्धान तथा स्वास्थ्य जनशक्ति उत्पादनको आधार तयार हुने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम प्रदेशमा आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको गेटा अस्पताल लामो समयदेखि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन। अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने विषयमा विभिन्न चरणमा नीतिगत तयारी र निर्णय हुँदै आएको थियो।
सरकारको स्वीकृतिसँगै अस्पतालको संस्थागत संरचना,शैक्षिक कार्यक्रम सञ्चालन तथा आवश्यक जनशक्ति व्यवस्थापनको प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।
भर्खरै
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा आँखाको मोतिविन्दु भई शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टि खोली चश्मा वितरण ।
सिन्धुलीमा दुग्धजन्य पदार्थको मूल्य मनोमानी ढंगले वृद्धि नगर्न जिल्ला प्रशासन कार्यालयले सम्वन्धीत पक्षलाई निर्देशन ।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
धेरै पढिएको
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुली स्थित सिड्स नेपाल सिन्धुलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत रकम जम्मा ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ४ स्थित सिन्धुली पाठशाला बाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा

.png)
प्रतिकृया दिनुहोस