सिन्धुली जिल्लाका तीनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकामा स्थानीय परियोजना सल्लाहकार समितिको बैठक बसी समुदायको विकासमा योगदान पुर्याउने विषयमा छलफल ।
सिन्धुली जिल्लाका तीनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकामा स्थानीय परियोजना सल्लाहकार समितिको बैठक बसी समुदायको विकासमा योगदान पुर्याउने विषयमा छलफल गरिएको छ । स्थानीय तह र विकास साझेदार संस्था बीचको समन्वय, सहकार्य तथा साझेदारीलाई थप प्रभावकारी बनाउँदै समुदायको विकासमा योगदान पुर्याउने विषयमा बैठकमा छलफल गरिएको हो ।
बैठकमा वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा रिलिफ नेपाल र सिड्स नेपालद्धारा सञ्चालित कार्यक्रमहरूको समीक्षा तथा आगामी वर्षका प्रस्तावित कार्यक्रम र बजेटका विषयमा छलफल भएको छ । यस्तै बैठकमा सन् २०२६ मा सञ्चालित कार्यक्रमहरूको प्रगति तथा उपलब्धिको समीक्षा गर्दै सन् २०२७ का लागि प्रस्तावित कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो । सहभागीहरूले कार्यक्रमको प्रभावकारिता, स्थानीय आवश्यकता, प्राथमिकता तथा आगामी दिनमा कार्यक्रमलाई थप व्यवस्थित र परिणाममुखी बनाउने विषयमा आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए । विशेषगरी बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन तथा प्रवद्र्धनमा संस्थाले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै यस्ता कार्यक्रमले बालबालिकाको अधिकार संरक्षण, पोषणको अवस्था सुधार तथा बालबालिकामैत्री वातावरण निर्माणमा सहयोग पुर्याउनेमा सहभागीले धारणा राखेका थिए ।
साथै, स्थानीय तहको योजना तथा प्राथमिकतासँग मेल खाने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै आगामी दिनमा पनि गाउँपालिका, वडा कार्यालय र विकास साझेदार संस्थाहरूबीच निरन्तर समन्वय, सहकार्य र साझेदारी आवश्यक रहेको सुझाव दिएका थिए । स्थानीय सरकारसँगको सहकार्यलाई थप मजबुत बनाउँदै उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्न सके कार्यक्रमबाट अपेक्षित उपलब्धि हासिल गर्न सहज हुने सरोकारवालाको भनाइ थियो । बैठकमा सम्बन्धित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, विभिन्न शाखाका प्रमुख तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
भर्खरै
सिन्धुलीमा विद्यालय खानेपानी तथा सरसफाइ प्रवद्र्धन सम्बन्धी शिक्षक क्षमता विकास तथा पुनर्ताजगी तालिम सञ्चालन ।
सिन्धुलीका ६ स्थानीय तहमा रहेका २० विद्यालयका बाल विकास सहजकर्तालाई पाँच दिने तालिम ।
सिन्धुली जिल्लाका तीनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकामा स्थानीय परियोजना सल्लाहकार समितिको बैठक बसी समुदायको विकासमा योगदान पुर्याउने विषयमा छलफल ।
लोटस कम्प्युटर एण्ड ल्याङ्योज इन्टिच्युटले दशै, तिहार तथा छठ पर्वको शुभकामना आदन प्रदान गर्दै आफ्ना विद्यार्थीलाई प्रमाणपत्र वितरण ।
सिन्धुलीको कमलामाई नगरपालिकामा निर्माण गरिएको कमलामाई सिटी हलको आज उद्घाटन ।
रेडियो सिद्धबाबा ९८ दशमलब ४ मेगाहर्ज आज बाट परिक्षण प्रशारणको १४ बर्ष पुरा गरी १५ औं बर्षमा प्रवेश ।
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस सम्पन्न ।
धेरै पढिएको
सिन्धुली जिल्लाका तीनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकामा स्थानीय परियोजना सल्लाहकार समितिको बैठक बसी समुदायको विकासमा योगदान पुर्याउने विषयमा छलफल ।
सिन्धुलीका ६ स्थानीय तहमा रहेका २० विद्यालयका बाल विकास सहजकर्तालाई पाँच दिने तालिम सुरु ।
सिन्धुलीको कमलामाई नगरपालिकामा निर्माण गरिएको कमलामाई सिटी हलको आज उद्घाटन ।
रेडियो सिद्धबाबा ९८ दशमलब ४ मेगाहर्ज आज बाट परिक्षण प्रशारणको १४ बर्ष पुरा गरी १५ औं बर्षमा प्रवेश ।
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस सम्पन्न ।
लोटस कम्प्युटर एण्ड ल्याङ्योज इन्टिच्युटले दशै, तिहार तथा छठ पर्वको शुभकामना आदन प्रदान गर्दै आफ्ना विद्यार्थीलाई प्रमाणपत्र वितरण ।
सिन्धुलीमा विद्यालय खानेपानी तथा सरसफाइ प्रवद्र्धन सम्बन्धी शिक्षक क्षमता विकास तथा पुनर्ताजगी तालिम सञ्चालन ।

प्रतिकृया दिनुहोस