सिन्धुलीका ६ स्थानीय तहमा रहेका २० विद्यालयका बाल विकास सहजकर्तालाई पाँच दिने तालिम ।

सिन्धुलीका ६ स्थानीय तहमा रहेका २० विद्यालयका बाल विकास सहजकर्तालाई पाँच दिने तालिम दिइएको छ । प्रारम्भिक बालविकास र शिक्षण विधिलाई सुदृढ बनाउँदै न्यून तथा शून्य लागतका शिक्षण–सिकाइ सामग्री विकास र प्रयोगमा सहयोग पु¥याउने उद्देश्यले तालिम दिइएको हो । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ‘सशक्त बालिकाः सुरक्षित समाज’  परियोजना अन्तर्गत जनजाति समाज विकास कार्यक्रम सिन्धुली र ह्याण्ड्स नेपाल द्वारा संयुक्त रूपमा तालिम गराइएको हो ।

विषयगत ज्ञान, शिक्षण सीप तथा क्षमता अभिवृद्धि गर्नुका साथै प्रारम्भिक बाल विकास केन्द्रका बालबालिकाको सिकाइ मूल्याङ्कन मापदण्ड सम्बन्धी सहजीकरण, बालबालिकाको उमेर, विकासात्मक अवस्था, क्षमता र रुचि अनुसार प्रभावकारी रूपमा शिक्षण–सिकाइ सहजीकरण गर्न सक्षम बनाउन तालिम फलदायी भएको अपेक्षा गरिएको छ । 

प्रशिक्षक भीमा राईको सहजीकरणमा सञ्चालित तालिममा छलफल, समूहकार्य, प्रस्तुतीकरण, नमुना शिक्षण तथा शैक्षिक सामग्री निर्माण र प्रयोगजस्ता सहभागितामूलक विधि अपनाइएको छ । यसबाट सहभागी शिक्षकहरूले स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै बालबालिकाको आवश्यकता र रुचिअनुसार सिर्जनात्मक तथा व्यावहारिक शिक्षण–सिकाइ सामग्री तयार गर्ने सीप हासिल गर्ने अपेक्षा गरिएको छ ।

तालिमले प्रारम्भिक बाल्यावस्था बालबालिकाको सर्वाङ्गीण विकासको महत्त्वपूर्ण चरण भएकाले यस अवधिमा उपयुक्त सिकाइ अवसर, सुरक्षित वातावरण र बालकेन्द्रित शिक्षण विधिको आवश्यकता बारे तालिमले सिप प्रदान गराइएको सहभागीको भनाई छ । 


 

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३
↑