ओखलढुङ्गामा पहिरोमा परी श्रीमान श्रीमतीको मृत्यु, छोराछोरी बेपत्ता
ओखलढुङ्गा । ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा परी दुईजना बेपत्ता भएका छन् ।
गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमायाको ज्यान गएको हो । गुरुङका १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिका पहिरामा परी बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको छ । ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन् । पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन ।
भर्खरै
घ्याङ्लेख गाउँपालिकाले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै लौरो तथा दोसल्ला वितरण गरी सम्मान
नेपाली काँग्रेस कमलामाई नगर समितिले सभापती सँग सभापती कार्यक्रम अभियानका रुपमा सञ्चालन ।
हरीहरपुरगढी गाउँपालिका बाट बागमती नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि आग्रह
सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ रतनचुरामा आगामी कात्तिक १९ गते देखि तेश्रो वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने।
सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा सञ्चालन गरिएको दोश्रो पालिका स्तरिय खेलकुद प्रतियोगितामा पुरुष फुटबलमा ग्रेस युथ क्लब हिैर्दिङ ए विजेता
प्रकाश सपूतको युरोप सांगीतिक यात्रा ः कला प्रवद्र्धनसँगै सामाजिक सेवाको उद्देश्य
स्थानियको सहयोगमा घरमा बिजुली बलेपछि टंसारका सार्की परिवार खुसी
धेरै पढिएको
घ्याङ्लेख गाउँपालिकाले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै लौरो तथा दोसल्ला वितरण गरी सम्मान
सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ रतनचुरामा आगामी कात्तिक १९ गते देखि तेश्रो वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने।
नेपाली काँग्रेस कमलामाई नगर समितिले सभापती सँग सभापती कार्यक्रम अभियानका रुपमा सञ्चालन ।
हरीहरपुरगढी गाउँपालिका बाट बागमती नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि आग्रह



प्रतिकृया दिनुहोस