तामाङ भाषाको फिल्म चार दाम सुरु
भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिने फिल्मको सम्पादक हेमन योन्जन तामाङ हुन् ।
काठमाडौं । तामाङ जातिको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्न फिल्म ‘चारदाम’ निर्माण हुने भएको छ ।
फिल्मको गत सोमबार इटहरीको जनता बस्तीमा अवस्थित टासी छोइलिङ गुम्बामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै मुुहुर्त गरिएको थियो । मुहुर्तमा नेपाल तामाङ घेदुङ कोशी प्रदेश अध्यक्ष रेखबहादुर तामाङ घिसिङले क्ल्याप, नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुणकुमार प्रधानले निर्देशन, फिल्मका मुख्य कलाकार मदन राई र मोहन लोप्चनले मुहुर्त सट दिएका थिए ।
कोशी भिजनको ब्यानरमा निर्माण गरिने चारदाम फिल्मका निर्देशक तथा लेखकका रुपमा लाखमान योन्जन तामाङ रहेका छन् भने कलाकारहरूमा सुवास योन्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ्ग, शान्ती पाख्रीन तामाङ, पुर्ण लिम्बू, बालकलाकार सुम्निमा योन्जन तामाङ, डम्बर किमारी मेन्याङ्बो र मेनुका राई लगायत छन् । फिल्मको छायांकन तथा मुख्य सहायक निर्देशकमा सुमन योन्जन तामाङ, निर्मातामा मैना घिसिङ, मदन राई, मोहन लोप्चन तामाङ रहेका छन् ।
भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिने फिल्मको सम्पादक हेमन योन्जन तामाङ हुन् ।
भर्खरै
घ्याङ्लेख गाउँपालिकाले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै लौरो तथा दोसल्ला वितरण गरी सम्मान
नेपाली काँग्रेस कमलामाई नगर समितिले सभापती सँग सभापती कार्यक्रम अभियानका रुपमा सञ्चालन ।
हरीहरपुरगढी गाउँपालिका बाट बागमती नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि आग्रह
सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ रतनचुरामा आगामी कात्तिक १९ गते देखि तेश्रो वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने।
सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा सञ्चालन गरिएको दोश्रो पालिका स्तरिय खेलकुद प्रतियोगितामा पुरुष फुटबलमा ग्रेस युथ क्लब हिैर्दिङ ए विजेता
प्रकाश सपूतको युरोप सांगीतिक यात्रा ः कला प्रवद्र्धनसँगै सामाजिक सेवाको उद्देश्य
स्थानियको सहयोगमा घरमा बिजुली बलेपछि टंसारका सार्की परिवार खुसी
धेरै पढिएको
घ्याङ्लेख गाउँपालिकाले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै लौरो तथा दोसल्ला वितरण गरी सम्मान
सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ रतनचुरामा आगामी कात्तिक १९ गते देखि तेश्रो वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने।
नेपाली काँग्रेस कमलामाई नगर समितिले सभापती सँग सभापती कार्यक्रम अभियानका रुपमा सञ्चालन ।
हरीहरपुरगढी गाउँपालिका बाट बागमती नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि आग्रह



प्रतिकृया दिनुहोस