नेपाली काँग्रेस कमलामाई नगर समितिले सभापती सँग सभापती कार्यक्रम अभियानका रुपमा सञ्चालन ।

नेपाली काँग्रेस कमलामाई नगर समितिले सभापती सँग सभापती कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने भएको छ । आज भएको पार्टीको भेटघाट, सम्मान तथा अन्तरक्रिया कार्यक्रम बाट यस्तो अभियान सञ्चालन गर्ने निर्णय भएको हो ।  बलियो वडा शसक्त काँग्रेस भन्ने नाराका साथ शुभ दिपावली तथा छठ पर्व पछि नगरका १४ वटै वडा सभापती सँग छलफल गरी अभियान सञ्चालन गर्ने निर्णय भएको नगर सचिव बलराम अधिकारीले जानकारी दिनुभयो ।  नेपाली कांग्रेस सिन्धुलीका जिल्ला सभापति उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निवर्तमान नगर सभापती कमल पोखरेललाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा प्रमाणपत्र वितरण गर्न बाँकी नगरका पदाधीकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा विभिन्न तहका प्रतिनिधि बीच भेटघाट सहित समसामयिक राजनीतिक विषयमा अन्तरक्रिया भएको नगर सभापती समुन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

भर्खरै

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३
↑