प्रकाश सपूतको युरोप सांगीतिक यात्रा ः कला प्रवद्र्धनसँगै सामाजिक सेवाको उद्देश्य

युरोप, कात्तिक १ २०८३, आईतबार ।
नेपाली लोक संगीतका लोकप्रिय गायक तथा कलाकार प्रकाश सपूत युरोपका विभिन्न देशमा आयोजना हुने दसैँ–तिहार विशेष सांगीतिक कार्यक्रममा सहभागी हुन युरोप भ्रमणमा हुनुहुन्छ । इनास फ्रान्सको आयोजना तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको सहयोगमा हुन लागेको उक्त सांगीतिक कार्यक्रम युरोपमा रहेका नेपाली समुदायलाई नेपाली कला, संस्कृति र संगीतसँग जोड्ने उद्देश्यले आयोजना गरिएको हो ।

कार्यक्रम अन्तर्गतसपूतले नेदरल्यान्ड्स, माल्टा, चेक रिपब्लिक, ग्रीस, स्पेन, पोर्चुगल, डेनमार्क, जर्मनी, बेल्जियम तथा फ्रान्सलगायत युरोपका विभिन्न देशका दर्जनौँ सहरमा सांगीतिक प्रस्तुति दिनुहुनेछ । नेपाली चाडपर्वको अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपालीलाई एकै ठाउँमा भेला हुने, आपसी सम्बन्ध विस्तार गर्ने र नेपाली मौलिक संगीतको आनन्द लिने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

इनास फ्रान्सका अध्यक्ष महेन्द्र अधिकारीका अनुसार कार्यक्रमको मुख्य उद्देश्य मनोरञ्जन प्रदान गर्नुमा मात्र सीमित छैन । नेपाली कला, संस्कृति र संगीतको प्रवद्र्धन गर्नुका साथै नेपाली कलाकारहरूको हकहित संरक्षण, उनीहरूलाई सहयोग र कला क्षेत्रको विकासमा योगदान पु¥याउनु पनि कार्यक्रमको महत्वपूर्ण उद्देश्य हो । अध्यक्ष अधिकारीले सांगीतिक कार्यक्रमबाट प्राप्त हुने रकम मध्ये कार्यक्रम सञ्चालनको खर्च कटाएर बाँकी रहने रकम कला क्षेत्रको सहयोग तथा विभिन्न सामाजिक कार्यमा उपयोग गर्ने उद्देश्य पनि रहेको बताउनु भएको छ । विशेष गरी युरोपमा समस्यामा परेका नेपाली नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने, उद्धार गर्नु पर्ने अवस्थामा सहयोग गर्ने तथा मृत्यु भएका नेपालीको शव नेपाल पठाउनु पर्ने जस्ता संवेदनशील परिस्थितिमा आर्थिक सहयोग पु¥याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३
↑