सुनुवार सेवा समाज शाखा, दोहा–कतारको १७औँ वार्षिकोत्सवको अवसरमा यही २७ नोभेम्बर २०२६ शुक्रबार बृहत् सांस्कृतिक कार्यक्रम हुने
सुनुवार सेवा समाज शाखा, दोहा–कतारको १७औँ वार्षिकोत्सवको अवसरमा यही २७ नोभेम्बर २०२६ शुक्रबार बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित गायिका मेलिना राईको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
अल वाकिरस्थित डीपीएस स्कुल अडिटोरियममा बिहान ११:०० बजेदेखि सुरु हुने कार्यक्रममा गायिका राईसँगै कतारमा कार्यरत नेपाली स्थानीय कलाकारहरूको विविध सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिसमेत रहनेछ।
नेपाली कला, संस्कृति, भाषा, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले वार्षिकोत्सव आयोजना गर्न लागिएको संस्थाले स्पष्ट पारेको छ। साथै, यस्ता गतिविधिले प्रवासमा रहेका नेपालीबीच आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्ध अझ सुदृढ बनाउने आयोजकको अपेक्षा छ।
आयोजक सुनुवार सेवा समाज कतारले कार्यक्रम नजिकिएसँगै आवश्यक तयारी तीव्र पारेको जनाएको छ। कार्यक्रमलाई सभ्य, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न कतारमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, कलाकार तथा सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ। संस्थाले वार्षिकोत्सवलाई ऐतिहासिक बनाउन कतारवासी नेपाली समुदायसँग साथ, सहयोग र सहभागिताका लागि अपिलसमेत गरेको छ।
भर्खरै
सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत वडा नं। २ स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न
सिन्धुलीमाढीमा आज ठुली एकादशी मेला २०८३ आयोजना,किसान तथा उद्यमीहरूले उत्पादन गरेका स्थानीय कृषि उपजको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्य
सुनुवार सेवा समाज शाखा, दोहा–कतारको १७औँ वार्षिकोत्सवको अवसरमा यही २७ नोभेम्बर २०२६ शुक्रबार बृहत् सांस्कृतिक कार्यक्रम हुने
सिन्धुलीगढी विजय उत्सव ः वीरताको इतिहास, राष्ट्रिय स्वाभिमान र पुस्तान्तरणको गौरव
सिन्धुली जापान समाजको प्रथम अधिवेशन सम्पन्न, गणेश अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
घ्याङ्लेख गाउँपालिकाले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै लौरो तथा दोसल्ला वितरण गरी सम्मान
नेपाली काँग्रेस कमलामाई नगर समितिले सभापती सँग सभापती कार्यक्रम अभियानका रुपमा सञ्चालन ।
धेरै पढिएको
सिन्धुलीमाढीमा आज ठुली एकादशी मेला २०८३ आयोजना,किसान तथा उद्यमीहरूले उत्पादन गरेका स्थानीय कृषि उपजको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्य
सुनुवार सेवा समाज शाखा, दोहा–कतारको १७औँ वार्षिकोत्सवको अवसरमा यही २७ नोभेम्बर २०२६ शुक्रबार बृहत् सांस्कृतिक कार्यक्रम हुने
सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत वडा नं। २ स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न





प्रतिकृया दिनुहोस