स्थानियको सहयोगमा घरमा बिजुली बलेपछि टंसारका सार्की परिवार खुसी


सिन्धुली, असोज ३० २०८३ शुक्रबार ।
सिन्धुलीको कमलामाई नगरपालिका १२ टंसारका एक दलित परिवारको घरमा लामो समय पछि राष्ट्रिय प्रशारणको विद्युत जडान भएको छ । आर्थिक अभावका कारण वर्षौंदेखि विद्युत् सेवाबाट वञ्चित शंकर बहादुर सार्कीको घरमा विद्युत जडान गरिएको हो । 
गाउँमा करिब ६ वर्ष अघि नै विद्युत् सेवा पुगे पनि आर्थिक अवस्था कमजोर भएका कारण विद्युत जडान गर्न नसकेका सार्कीको घरमा स्थानीय सुवास घिमिरेको पहल तथा परिवारको सहयोगमा उनको घरमा विद्युत् जडान गरिएको हो । घरमा बिजुली जडान गर्न लाग्ने खर्च साथै मासिक महशुल समेत तिरिदिने गरी विद्युत जडान गरिदिएको स्थानिय सहयोगी दाता घिमिरेको भनाई छ  । वर्षौं देखि परम्परागत टुकीको भरमा रात बिताउँदै आएका सार्कीको घरमा पहिलो पटक बिजुली बल्दा परिवारका सबै सदस्यमा खुसी छाएको छ ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३
↑