बेथानचोक दुर्घटनामा एकको मृत्यु

काभ्रे । काभ्रे जिल्लाको बेथानचोकमा भएको बालेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो बेथानचोक गाउँपालिका–४ पडगाउँ डाँडा देखि क्लबघर निस्कने सडकमा बा १७ च ३० बोलेरो गाडी दुर्घटना भएको थियो ।
तीव्र गतिको कारण बोलेरो अनियन्त्रीत भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेको प्रहरीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका बेथाञ्चोक गाउँपालिका–४ पडगाँउ डाँडा का दल बहादुर तामाङको मृत्यु भएको हो । उनको बनेपा स्थित शिर मेमोरियल हस्पिटल मा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । घाइतेहरुको बनेपास्थित शिर मेमोरियल अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सवारी चालक चालक श्रीराम खत्रीको दुबै खुट्टामा चोट लागेको छ भने गाडीमा सवार राजु लामाको टाउकोमा चोट लागेको छ । अर्का घाइते धमाइ तामाङको शरिरमा सान्य चोट लागेको प्रहरीले  बताए ।

प्रतिकृया दिनुहोस

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३