कमलामाई नगरपालिका ५ सिन्धुलीमा रहेको स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यता बृद्धी र सदस्यता राहत कार्यक्रमलाई प्राथमिकता
कमलामाई नगरपालिका ५ सिन्धुलीमा रहेको स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यता बृद्धी र सदस्यता राहत कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । आज भएको १८ औँ वार्षिक साधारण सभामा २ हजार ५ सय १४ सदस्य रहेकोमा त्यसलाई बढाएर २ हजार ८ सय ५० पुर्याउने लक्ष्य राखेको छ । यस्तै दैवी विपत्तीमा परेका सदस्यलाई दिइने राहत रकम र महिला सदस्य सुत्केरी भत्तालाई पनि प्राथमिकतामा राखेको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षता तथा कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा संस्थाको कारोबारमा बृद्धी गर्दै लैजाने लक्ष्य राखिएको छ । सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक प्रगती, आगामी योजना तथा सहकारीको समग्र विकासका विषयलाई सुधार गर्दै लैजाने लक्ष्य राखिएको हो । साधारण सभा मार्फत संस्थाले सदस्यको बचत सुरक्षित गर्दै आवश्यकता अनुसार ऋण प्रवाह तथा सहकारीको सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा सहकारी सञ्चालनका क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने महानुभालाई सम्मान गरिएको व्यवस्थापक मोहन बहादुर श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन सत्रमा उपप्रमुख मञ्जु देवकोटा सहित, नगरपालिका भूमी तथा सहकारी शाखा प्रमुख मुकेश तामाङ, जिल्ला सहकारी संघका महासचिव बलराम अधिकारी, अन्य विभिन्न सहकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
भर्खरै
सुनकोशी गाउँपालिका वडा नम्बर ३ सिन्धुलीको झागाँझोली रातमाटामा १५ शैयाको आधारभुत अस्पताल भवन शिलान्यास
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ४ बाट बालिकालाई जबरजस्ती गर्न खोज्ने एक जना प्रहरीको नियन्त्रणमा
कमलामाई नगरपालिका ५ सिन्धुलीमा रहेको स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यता बृद्धी र सदस्यता राहत कार्यक्रमलाई प्राथमिकता
कमलामाई नगरपालिका ६ स्थित सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा जाने गरी २ लाख राहत रकम प्रदान गरेको छ ।
कृषी विकास कार्यालय सिन्धुलीले गत आर्थिक वर्ष २०८२/२०८३ मा सम्पन्न भएका कार्यक्रमको समिक्षा गर्दै चालु आर्थिक वर्ष २०८३/२०८४ का लागि स्वीकृत कार्यक्रम सार्वजनिक
सुनकोशी गाउँपालिका वडा नम्वर ५ बन्दिपुरमा सञ्चालन गरिएको कृषि कार्यक्रमको संयुक्त अनुगमन
जिल्ला सहकारी संघ सिन्धुलीको ३३ औँ स्थापना दिवस, वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनका अवसरमा जिल्ला ५ वटा सहकारी सम्मानित
धेरै पढिएको

प्रतिकृया दिनुहोस