जिल्ला सहकारी संघ सिन्धुलीको ३३ औँ स्थापना दिवस, वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनका अवसरमा जिल्ला ५ वटा सहकारी सम्मानित

जिल्ला सहकारी संघ सिन्धुलीको ३३ औँ स्थापना दिवस, वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनका अवसरमा जिल्ला ५ वटा सहकारी सम्मानित भएका छन् ।  सहकारी अभियान्ताका रुपमा सौगात लघु उद्यम सहकारी संस्था लिमिटेड, उत्कृष्ट व्यवस्थापकका रुपमा लाम्पान्टार सहकारी संस्था, उत्कृष्ट सहकारी संस्थाका रुपमा मिलिजुली बचत तथा ऋण सहकारी संस्था,  नियमित बचत कर्ता संस्थाका रुपमा जलकन्या महिला बचत तथा ऋण सहकारी संस्था र असल ऋणी संस्थाका रुपमा नमुना बहुउद्धेश्यि सहकारी संस्था लिमिटेड कपिलाकोट सम्मानित भएकाछन् । जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष नबराज कोइरलाको अध्यक्षता तथा बागमती प्रदेस सहकारी संघका अध्यक्ष राम शरण शर्मा घिमिरेको प्रमुख आतिथ्यता भएको कार्यक्रममा सहकारीलाई सम्मान गरिएको हो ।

‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण समृद्धि र सुदृढीकरण’ भन्ने मूल नारा सहित आयोजीतना कार्यक्रममा सहकारी क्षेत्रको वर्तमान अवस्था, उपलब्धि, आगामी योजना तथा संघको संस्थागत विकासका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बागमती प्रदेस सहकारी संघ अध्यक्ष राम शरण शर्मा घिमिरेले जिल्ला सहकारी संघ सिन्धुली मार्फत जिल्लामा सहकारीको विकासका लागि उल्लेखनिय काम भई रहेको बताउनुभयो । कार्यक्रममा कमलामाई नगरपालिकाका भूमि तथा सहकारी शाखा प्रमुख मुकेश तामाङ लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यस अवसरमा संघका जिल्ला अध्यक्ष नबराज कोइरलाले “गुणस्तरीयता, विश्वसनीयता तथा सञ्चालन प्रक्रियामा शुद्धता, नीति, विधि र प्रविधियुक्त सहकारी बनाउने संघको प्रतिबद्धता” भन्ने मूल नारालाई आत्मसाथ गर्दै संघले आफ्ना कार्यक्रम गरेको बताउनुभयो । सहकारीका सिद्धान्त र मूल्य मान्यतालाई पालन गर्ने, सदस्यहरूलाई भेदभाव रहित र पक्षपात रहित ढंगले सरल वित्तीय सुविधाहरू उपलब्ध गराउने र सामाजिक तथा गैरवित्तीय क्रियाकलापहरूमा सहभागी भइरहेको बताउनुभयो । कार्यक्रमा संघका महासचिव अशोक श्रेष्ठ बाट प्रगती प्रतिवेदन, लेखा सुपरिक्षण समिति संयोजक बद्रीनारायण श्रेष्ठ बाट समितिले तयार पारेको प्रतिवेदन र कोषाध्यक्ष राधा कार्कीबाट आर्थिक प्रतिवेदन पेश गरिएको थियो । संघको बन्दशत्रमा अहिले प्रतिवेदन उपर छलफल गरी नयाँ कार्य समिति चयन सर्वसम्मत गर्ने तयारी भईरहेको छ ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३