सुनकोशी गाउँपालिका वडा नम्वर ५ बन्दिपुरमा सञ्चालन गरिएको कृषि कार्यक्रमको संयुक्त अनुगमन

कृषि विकास कार्यालय सिन्धुली मार्फत जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्वर ५ बन्दिपुरमा सञ्चालन गरिएको कृषि कार्यक्रमको आज संयुक्त अनुगमन गरिएको छ । समुदायमा आधारित एक वडा एक कृषी उत्पादन कार्यक्रम अन्तरगत जिल्ला स्थित सरोकारवाला बाट संयुक्त अनुगमन गरिएको हो । चालु आर्थिक वर्ष २०८३÷०८४ मा सञ्चालन हुने विभिन्न कार्यक्रमको प्रभावकारिता तथा प्रगतिको अवस्था बुझी सार्वजनिक गर्ने उद्देश्यले संयुक्त अनुगमन गरिएको कृषीविकास कार्यालय सिन्धुलीले जनाएको छ । सुनकोशी गाउँपालिकाको समन्वयमा कृषि विकास कार्यालय सिन्धुलीले स्थानीय लेकबेसी कृषक समूहको सहकार्यमा बन्दीपुरमा सञ्चालन गरेको कृषी कार्यक्रमको अनुगमन गरि समिक्षा समेत गरिएको कार्यालयले जनाएको छ । गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको प्रमुख आतिथ्यतामा अनुगमन सँगै कार्यक्रमको समिक्षा पनि गरिएको हो ।

कार्यक्रममा स्थानीय स्तरमा कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने, कृषकलाई प्रोत्साहन गर्ने तथा कृषि कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने बिषयमा जोड दिइएको कृषी विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले जानकारी दिनुभयो । यस क्रममा कृषि क्षेत्र अन्तर्गत सञ्चालन भइरहेका कार्यक्रमको अवस्था, प्रभावकारिता र आगामी दिनमा गर्नु पर्ने सुधारका विषयमा पनि छलफल गरिएको थियो । बन्दीपुरमा रहेका १ सय ८७ वटा पलाष्टिक टनेल खेती सँगै किबि खेती र  मौरीपालन गरिएका घारको समते संयुक्त अनुगमन टोली बाट अनुगमन गरिएको थियो । 

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३