मरिण गाउँपालिका वडा नम्वर १ मा सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परीक्षण शिविर सञ्चालन

मरिण गाउँपालिका वडा नम्वर १ मा सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरी लाभग्राहीलाई सेवा प्रदान गरिएको छ । मरिण गाउँपालिकाको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक, कपिलाकोट शाखाको सहकार्यमा शिबिर सञ्चालन गरी सेवा प्रदान गरिएको हो । वडा नम्वर १ को कार्यालय, खलंगा र टुँडिखेलमा आर्थिक बर्ष २०८२/०८३ को चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरिएको मरिण गाउँपालिकाले जनाएको छ । भत्ता वितरण सँगै ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गर्ने उद्देश्यले ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण घुम्ती शिविर सञ्चालन गरिएको कार्यालयले जनाएको छ । घरदैलो मै सेवा उपलब्ध भए पछि लाभग्राही प्रत्यक्ष रूपमा लाभान्वित भएको स्थानिय सरोकारवालाको भनाई छ ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३