सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर २ ढुंग्रेभन्ज्यांगमा बाल संवेदनशील तथा डिजिटल रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धी तालिम सञ्चालन

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर २ ढुंग्रेभन्ज्यांगमा बाल संवेदनशील तथा डिजिटल रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धी तालिम सञ्चालन गरिएको छ । डिजिटल सञ्चार माध्यममा जिम्मेवार पत्रकारिता प्रवद्र्धन गर्ने उद्देश्यले बाल संवेदनशीलता तथा डिजिटल रिपोर्टिङ सम्बन्धी तालिम सञ्चालन गरिएको आयोजक सिड्स नेपाल सिन्धुलीले जनाएको छ । तालिममा सहभागी पत्रकार तथा सञ्चारकर्मीलाई बालबालिका सम्बन्धी समाचार तथा सामग्री तयार गर्दा अपनाउनु पर्ने संवेदनशीलता, बाल अधिकारको संरक्षण, बालबालिकाको गोपनीयता र पहिचानको सुरक्षा तथा समाचार सम्प्रेषणका क्रममा ध्यान दिनु पर्ने विषयमा जानकारी गराइएको छ ।

नेपाल पत्रकार महासंघका पुर्व सभापती धमेन्द्र झा ले सहजीकरण गरिरहनु भएको तालिममा फोटो तथा भिडियोको प्रयोग गर्दा अपनाउनु पर्ने संवेदनशिलता र डिजिटल सुरक्षा लगायतका विषयमा समेत प्रशिक्षण दिइदै छ । आज सकिने तालिममा  बालबालिका सम्बन्धी समाचार तयार गर्दा उनीहरूको सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्ने र समाचारका नाममा बालबालिकाको अधिकार तथा मर्यादामा असर पर्ने सामग्री प्रकाशन गर्न नहुनेमा जोड दिइएको छ । सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्दै बालमैत्री तथा जिम्मेवार पत्रकारितालाई प्रवद्र्धन गर्न तालिम उपयोगी हुने अपेक्षा गरिएको आयोजक सिड्स नेपालका कार्यक्रम संयोजक सागर धितालको भनाई  छ ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३