सिन्धुलीका क्रियाशिल १५ जना पत्रकार बाट बालबालिकाका सबालमा समाचार रिपोटिंग, सम्पादन, प्रशारण तथा प्रकाशन गर्दा थप संवेदनशिल हुने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सिन्धुलीका क्रियाशिल १५ जना पत्रकार बाट बालबालिकाका सबालमा समाचार रिपोटिंग, सम्पादन, प्रशारण तथा प्रकाशन गर्दा थप संवेदनशिल हुने प्रतिबद्धता व्यक्त गरिएको छ । कमलामाई नगरपालिका वडा नम्वर २ ढुंग्रेभन्ज्यांगमा सञ्चालन गरिएको बाल संवेदनशील तथा डिजिटल रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धी तालिममा सहभागी पत्रकार बाट यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो । तालिममा सहभागी पत्रकार बाट बालबालिका सवालमा आफ्ना सञ्चार माध्यम बाट थुप्रै समाचार प्रकाशन तथा प्रशारण भएका भए पनि बाल अधिकारका सबालमा समाचार प्रकाशन तथा प्रशारण गर्दा त्रुटी भएको अनुभुती भएकाले आगामी दिनमा संवेदनशिल हुन तालिम फलदायी भएको धारणा राखिएको  थियो । 


डेढ दिनको कार्यसुचीमा चलेको तालिमको नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धमेन्द्र झाले एकदमै सरल तरिका बाट तालिम सहजीकरण गर्दा आगामी दिनमा रिपोटिंग गर्न निकै सजिलो भएको तालिममा सहभागी पत्रकार उर्मिला दियालीको भनाई थियो । तालिममा सहभागी पत्रकार तथा सञ्चारकर्मीलाई बालबालिका सम्बन्धी समाचार तथा सामग्री तयार गर्दा अपनाउनु पर्ने संवेदनशीलता, बाल अधिकारको संरक्षण, बालबालिकाको गोपनीयता र पहिचानको सुरक्षा तथा समाचार सम्प्रेषणका क्रममा ध्यान दिनु पर्ने विषयमा प्रशिक्षिक झाले सरल तरिकाले प्रशिक्षण दिनु भएको थियो   । यस्तै बालबालिका सम्बन्धी समाचार तयार गर्दा उनीहरूको सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्ने र समाचारका नाममा बालबालिकाको अधिकार तथा मर्यादामा असर पर्ने सामग्री प्रकाशन गर्न नहुनेमा तालिममा जोड दिइएको थियो । 


डिजिटल सञ्चार माध्यममा जिम्मेवार पत्रकारिता प्रवद्र्धन गर्ने उद्देश्यले बाल संवेदनशीलता तथा डिजिटल रिपोर्टिङ सम्बन्धी तालिम सञ्चालन गरिएको आयोजक सिड्स नेपालका कोषाध्यक्ष बालकुमारी श्रेष्ठ बिमलाले तालिम समापन कार्यक्रममा बताउनुभयो । यस्तै सहयोगी तथा समन्वयकारी संस्था वल्र्डभिजनका सञ्चार व्यवस्थापक उमा थापा, पुर्वी क्षेत्रिय कार्यालय बर्दिबासका कार्यक्रम प्रवन्धक प्रमिल अधिकारीले बालबालिकाको अधिकार सुनिष्चित गरीे भविष्य निर्माणमा पत्रकारीताको माध्यमबाट उल्लेखनिय योगदान पुग्ने अपेक्षा गरेको धारणा राख्नु भयो  । तालिम समापनका अवसरमा तालिममा सक्रिय सहभागीता जनाउनु हुने सिन्धुलीका क्रियाशिल पत्रकार टिकाजंग थापा, नेपाल पत्रकार महासंघ सिन्धुलीका शाखाका कोषाध्यक्ष अनिल भण्डारीले बालबालिकाका मुद्धालाई सञ्चार माध्यममा प्राथमिकतामा राखी प्रकाशन तथा प्रशारण गर्न कुनै कमी नहुने धारणा राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३