सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्वर ५ मा टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने अभियान सञ्चालन
सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्वर ५ मा टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने अभियान सञ्चालन गरिएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने अभियान सञ्चालन गरिएको हो । चालु आर्थिक बर्ष २०८३।०८४ का लागि वडाको भुतिया टोल बाट भत्ता नविकरण गर्ने काम शुरु गरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालय सम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीलाई लक्षित गर्दै सम्बन्धित वडाले घरदैलो तथा टोल स्तरमै पुगेर नवीकरणको सेवा प्रदान गरेको हो । यसबाट लाभग्राहीलाई वडा कार्यालय सम्म धाउनुपर्ने र लामो समय कुर्नु पर्ने समस्या कम भएको स्थानिय प्रज्वल कुमार मगरले जानकारी दिनुभयो । यस्तै टोलमै पुगेर सेवा पाएपछि ज्येष्ठ नागरिक तथा अशक्त लाभग्राहीले सहज महसुस गरेका पनि उहाँको भनाई छ ।
वडा कार्यालयले सेवाग्राहीको समय, खर्च र झन्झट घटाउन यस्ता घुम्ती सेवाले महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ । वडाका जनप्रतिनिधि तथा कर्मचारीहरू लाभग्राहीको घरदैलोमै पुगेर बिहिबार र शुक्रबार आवश्यक विवरण संकलन तथा नवीकरणको प्रक्रिया पूरा गरेका छन । वडाको सबै टोल बस्तीमा पुग्ने अभियान अन्तरगत मंगलबार पुन वडाको टोल बस्ती पुगी सेवा प्रदान गर्ने वडाको तयारी रहेको छ ।
भर्खरै
मरिण गाउँपालिका वडा नम्वर १ मा सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परीक्षण शिविर सञ्चालन
सिन्धुली उद्योग बाणिज्य संघले वि.पी. राजमार्गमा रातीको समय कुखुरा ओसार–पसारका लागि सहजीकरण गरी दिन स्थानिय प्रशासन सँग आग्रह गरेको छ ।
सिन्धुलीका क्रियाशिल १५ जना पत्रकार बाट बालबालिकाका सबालमा समाचार रिपोटिंग, सम्पादन, प्रशारण तथा प्रकाशन गर्दा थप संवेदनशिल हुने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर २ ढुंग्रेभन्ज्यांगमा बाल संवेदनशील तथा डिजिटल रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धी तालिम सञ्चालन
सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्वर ५ मा टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने अभियान सञ्चालन
मरिण गाउँपालिका सिन्धुलीको वडा नम्वर ७ अन्तर्गतका विभिन्न बजार क्षेत्रमा आज अनुगमन तथा निरीक्षण गरिएको छ
कमलामाई नगरपालिका सिन्धुलीले फरक क्षमता भएका विद्यार्थीको सामाजिक सुरक्षा भत्ता नवीकरण विद्यालय मै पुगेर गरेको छ
धेरै पढिएको
कमलामाई नगरपालिका सिन्धुलीले फरक क्षमता भएका विद्यार्थीको सामाजिक सुरक्षा भत्ता नवीकरण विद्यालय मै पुगेर गरेको छ
सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्वर ५ मा टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने अभियान सञ्चालन
सिन्धुली बहुमुखी क्याम्पसमा जनसंख्या शिक्षामा परियोजना कार्य तथा गोष्ठी कार्यक्रम सम्पन्न
सिन्धुलीका क्रियाशिल १५ जना पत्रकार बाट बालबालिकाका सबालमा समाचार रिपोटिंग, सम्पादन, प्रशारण तथा प्रकाशन गर्दा थप संवेदनशिल हुने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर २ ढुंग्रेभन्ज्यांगमा बाल संवेदनशील तथा डिजिटल रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धी तालिम सञ्चालन
सिन्धुली उद्योग बाणिज्य संघले वि.पी. राजमार्गमा रातीको समय कुखुरा ओसार–पसारका लागि सहजीकरण गरी दिन स्थानिय प्रशासन सँग आग्रह गरेको छ ।
सिन्धुलीको दुधौली नगरपालिकाले नगरवासीका लागि जलन अर्थात् आगोले पोलेको उपचार सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।

प्रतिकृया दिनुहोस