कमलामाई नगरपालिका सिन्धुलीले फरक क्षमता भएका विद्यार्थीको सामाजिक सुरक्षा भत्ता नवीकरण विद्यालय मै पुगेर गरेको छ

कमलामाई नगरपालिका सिन्धुलीले फरक क्षमता भएका विद्यार्थीको सामाजिक सुरक्षा भत्ता नवीकरण विद्यालय मै पुगेर गरेको छ । कमलामाई नगरपालिका वडा नम्वर ६ स्थित नवज्योति बहिरा माध्यमिक विद्यालय जसेदमारमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीको सामाजिक सुरक्षा भत्ता नवीकरण नगरपालिकाले विद्यालय मै पुगेर गरेको हो ।  कमलामाई नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाद्वारा विद्यालय परिसर मै कार्यक्रम राखी नविकरणको काम गरिएको नगरपालिकाले जनाएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नवीकरण कै लागि घर जानु पर्ने बाध्यता नहोस, विद्यार्थी तथा अभिभावकलाई सास्ती नहोस् भन्ने उद्धेश्यले सहजताका लागि विद्यालयमै पुगेर सेवा प्रदान गरेको कार्यालयले जनाएको छ । यसरी सहज, सुलभ र झन्झट रहित सेवा प्रदान गर्ने अभियान निरन्तर जारी रहने नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३