सिन्धुलीको दुधौली नगरपालिकाले नगरवासीका लागि जलन अर्थात् आगोले पोलेको उपचार सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।

सिन्धुलीको दुधौली नगरपालिकाले नगरवासीका लागि जलन अर्थात् आगोले पोलेको उपचार सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । दुधौली नगरपालिका र कीर्तिपुर अस्पताल बीच भएको सम्झौता अनुसार नगरपालिकाले जलन उपचार कोष स्थापना गरी कीर्तिपुर अस्पताल मार्फत बिरामीको उपचार खर्च व्यहोर्ने व्यवस्था गरेको हो । निशुल्क उपचारका लागि नगरपालिका र अस्पताल बीच बिहिबार संझौता सम्पन्न भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका स्थायी बासिन्दा तथा नगरपालिकाका कर्मचारीलाई आगो वा अन्य कारणबाट हुने जलन सम्बन्धी उपचार सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको नगरपालिकाले जनाएको छ ।

 

निःशुल्क उपचार सेवा लिनका लागि दुधौली नगरपालिकाको सिफारिस वा दुधौलीको स्थायी बासिन्दा खुलेको नागरिकता, मतदाता परिचयपत्र वा जन्मदर्ताको प्रतिलिपि मध्ये आवश्यक कागजात पेश गर्नुपर्नेछ । यस्तै रकम लिनका लागि कीर्तिपुर अस्पताल बाट प्राप्त भर्ना, डिस्चार्ज, औषधि तथा उपचार बिलको सक्कल प्रतिलिपि पनि पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ । निःशुल्क तथा सहुलियत पूर्ण उपचार सेवा लिन सम्पुर्ण नगरवासीलाई प्रवक्ता दिपक खड्काद्धारा जारी सुचना मार्फत आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३