सिन्धुली उद्योग बाणिज्य संघले वि.पी. राजमार्गमा रातीको समय कुखुरा ओसार–पसारका लागि सहजीकरण गरी दिन स्थानिय प्रशासन सँग आग्रह गरेको छ ।
सिन्धुली उद्योग बाणिज्य संघले वि.पी. राजमार्गमा रातीको समय कुखुरा ओसार–पसारका लागि सहजीकरण गरी दिन स्थानिय प्रशासन सँग आग्रह गरेको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई पत्र बुझाउदै राती कुखुरा ओसार–पसार लागि सहजीकरण गरि दिन दिन संघले आग्रह गरेको हो । राजमार्गको नेपालथोक चौकीडाँडा खण्डमा रातीको समय सम्पुर्ण गाडिहरु आवत जावतका लागि रोक लगाई रहेको अवस्थामा दिउसो कुखुरा ओसार–पसार गर्दा घामले मर्ने गरेकाले सहजीकरणका लागि आग्रह गरिएको संघले जनाएको छ ।
सिन्धुलीका विभिन्न ठाउँ बाट काठमाण्डौ जाने कुखुराहरु दिउसोको समयमा ओसार–पसार गर्दा घामले र राजमार्गको जामले अत्याधिक मर्न गएकाले यस्तो आग्रह गर्नु परेको नेपाल उद्योग बाणिज्य महासंघका सदस्य तथा सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको भनाई छ । कुखुरा कृषक तथा व्यवसायीको गुनासो संघमा प्राप्त भए पछि सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पत्र बुझाईएको उहाँको भनाई छ । यता संघले आगामी दिनमा हुने बजार अनुगमनमा सचेत रहि व्यवसाय संचालन गर्ने निष्कर्ष निकालेको छ । बस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधीहरु उद्योगी व्यवसायी बीचको छलफलले विल बिजक जारी सम्बन्धि देखिएको समस्याका साथै बजारमा देखिएका विविध समस्या समधान गर्ने निष्कर्ष निकालेको संघले जनाएको छ ।
भर्खरै
मरिण गाउँपालिका वडा नम्वर १ मा सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परीक्षण शिविर सञ्चालन
सिन्धुली उद्योग बाणिज्य संघले वि.पी. राजमार्गमा रातीको समय कुखुरा ओसार–पसारका लागि सहजीकरण गरी दिन स्थानिय प्रशासन सँग आग्रह गरेको छ ।
सिन्धुलीका क्रियाशिल १५ जना पत्रकार बाट बालबालिकाका सबालमा समाचार रिपोटिंग, सम्पादन, प्रशारण तथा प्रकाशन गर्दा थप संवेदनशिल हुने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर २ ढुंग्रेभन्ज्यांगमा बाल संवेदनशील तथा डिजिटल रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धी तालिम सञ्चालन
सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्वर ५ मा टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने अभियान सञ्चालन
मरिण गाउँपालिका सिन्धुलीको वडा नम्वर ७ अन्तर्गतका विभिन्न बजार क्षेत्रमा आज अनुगमन तथा निरीक्षण गरिएको छ
कमलामाई नगरपालिका सिन्धुलीले फरक क्षमता भएका विद्यार्थीको सामाजिक सुरक्षा भत्ता नवीकरण विद्यालय मै पुगेर गरेको छ
धेरै पढिएको
कमलामाई नगरपालिका सिन्धुलीले फरक क्षमता भएका विद्यार्थीको सामाजिक सुरक्षा भत्ता नवीकरण विद्यालय मै पुगेर गरेको छ
सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्वर ५ मा टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने अभियान सञ्चालन
सिन्धुली बहुमुखी क्याम्पसमा जनसंख्या शिक्षामा परियोजना कार्य तथा गोष्ठी कार्यक्रम सम्पन्न
सिन्धुलीका क्रियाशिल १५ जना पत्रकार बाट बालबालिकाका सबालमा समाचार रिपोटिंग, सम्पादन, प्रशारण तथा प्रकाशन गर्दा थप संवेदनशिल हुने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर २ ढुंग्रेभन्ज्यांगमा बाल संवेदनशील तथा डिजिटल रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धी तालिम सञ्चालन
सिन्धुली उद्योग बाणिज्य संघले वि.पी. राजमार्गमा रातीको समय कुखुरा ओसार–पसारका लागि सहजीकरण गरी दिन स्थानिय प्रशासन सँग आग्रह गरेको छ ।
सिन्धुलीको दुधौली नगरपालिकाले नगरवासीका लागि जलन अर्थात् आगोले पोलेको उपचार सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।

प्रतिकृया दिनुहोस