चलचित्र ‘जिरो डिग्री’ को छायांकन सम्पन्न
काठमाडौं । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ ।
कास्कीको धिताल गाउँमा कलाकारद्वय राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम टेक लिँदै सोमबार चलचित्रको ‘प्याकअप’ गरिएको हो ।
३५ दिनको छायांकन तालिका तय गरेर पोखराको अर्मलाकोट मन्दिरबाट क्यामेरा रोल गरेको निर्माण टोलीले ३७ दिन लगाएर सुटिङ पूरा गरेको छ । चलचित्रको सम्पूर्ण छायांकन पोखरा वरपरका रमणीय तथा मौलिक बस्तीहरू अर्मलाकोट, धिताल, घार्मी र बगरमा गरिएको छ ।
सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको यस चलचित्रमा अभिनेता विजय बराललाई दर्शकले अहिलेसम्मकै फरक र नदेखेको अवतारमा देख्न पाउनेछन् ।
सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूमा यस चलचित्रको कथा घुमेको छ । छायांकनमा जानुअघि नै चलचित्रको व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक गरिएको थियो ।
चलचित्रमा विजय बरालका साथै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, राम बाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायतको बलियो अभिनय लाइनअप रहेको छ । मोती कार्की कार्यकारी निर्माता रहेको यस चलचित्रलाई निशाल पौडेलले खिचेका हुन्। चलचित्रमा चानस पुन मगरको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन, अङ्कित बाबु अधिकारीको सङ्गीत र युवराज काफ्लेको शब्द रचना रहेको छ । रोयल भिमसेन तथा ट्राइडेन्ट कन्सेप्ट टिमले पब्लिसिटी डिजाइन गर्ने यो चलचित्रलाई काठमाडौं उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले वितरण गर्नेछन् ।
भर्खरै
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा आँखाको मोतिविन्दु भई शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टि खोली चश्मा वितरण ।
सिन्धुलीमा दुग्धजन्य पदार्थको मूल्य मनोमानी ढंगले वृद्धि नगर्न जिल्ला प्रशासन कार्यालयले सम्वन्धीत पक्षलाई निर्देशन ।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
धेरै पढिएको
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुली स्थित सिड्स नेपाल सिन्धुलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत रकम जम्मा ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ४ स्थित सिन्धुली पाठशाला बाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा

प्रतिकृया दिनुहोस