आमा धर्तिमाता हुन्, जननी हुन् र बिश्व ब्रम्हाण्ड हुन

जन्म दिने आमा, कर्म दिने आमा, संस्कार दिने आमा, सामाजिक राजनीतिक यात्राको प्रारम्भ गराउने सबै आमालाई कोटि कोटि नमन । यि आमाहरूको आत्मसम्मानमा चोट पुर्याउने काम कसैले नगरौं।


नेपालको एउटा दुर्गम गाउँको सानो झुपडिमा किसान परिवारको एक आमा दुख सुख  आफ्नो परिवार चलारहेकि थिईन। उनको बिबाह गरेको एक बर्षमा ससुरा र १८ महिनामा सासु बिते ।

बिबाह गरेको ३ बर्ष मा एक छोराको जन्म भयो। छोरा जन्मेको २ बर्षमा श्रीमानको जंगलमा घाँस लिन जादा लडेर मृत्यु भयो । बिबाह गरेको ५ बर्ष सम्म निरन्तर बज्रपात भैरह्यो। एउटा नाबालक छोराको साथमा उनको संघर्षको जिवनको घडि चलिरह्यो। एकदिन ती आमा जंगल घाँस काट्न  जाँदा बच्चालाई साथमा लिएर गयका थिईन्। किनभने उनको परिवारमा तिनै नाबालक छोरा र उनी गरि दुई  सदस्य मात्र थिय। घाँस लिएर फर्कने क्रममा बाटोमा बाघ संग जम्का भेट भयो। आमाले घाँस र आफ्नो ज्यानको पर्वाहा नगरी बाघ बाट बच्चा बचाईन्। 

दिनहरू बित्दै गयो । आमाले अत्यन्त दुख गरेर हुर्काएको त्यो बच्चा ठुलो भयो पढाइमा अब्बल थियो र अध्ययनको शिलसिलामा शहर पस्यो। उ सफल हुदै गयो किनभने उसलाई आमाको आशीर्वाद थियो, ममता थियो स्नेह थियो। एकदिन उ ठूलो कम्पनीको म्यानेजर भयो। उसको कमाई एउटा सम्भ्रान्त परिवारको भन्दा कमि थियन। उ बयस्क भैसकेको थियो एक सम्भ्रान्त परिवारको छोरी संग विवाह गर्यो।  विवाह समारोहमा आमालाई उपस्थित गराएन किनभने आमाको लवाईखवाई अत्यन्त गाउँले पाराको थियो। उसको विवाहमा सम्भ्रान्त बर्गको मात्र उपस्थिती थियो। विवाह पश्चात गाउँ एक्लै गयो आफुले सामान्य टिकाटालो गरेर विवाह गरेको जानाकारी आमालाई गरायो ।

आमा भावुक भईन र भनिन् तिमीलाई अत्यन्त दुख गरेर हुर्काएको थिय म पापिलाई तिम्रो विवाह हेर्ने अवसर मिलेन बाबु भन्दै गहभरि आँसु पारिन र भनिन् तिमीहरूलाई शुभ आशीर्वाद छ भनिन्। आमालाई शहरमा बुहारी देखाउन साथमा लिई छोरा शहर फर्कियो। शहर आएपछि आमालाई शहरमा नै राख्ने निधो गर्यो।

दिनहरू बित्दै गयो आमाको रहन सहन विल्कुल गाँउले पारा भयको हुनाले बुहारीले मन पराईनन् र बुहारीको जोडबलमा आमालाई शहरको एक बृद्धाश्रममा लगेर राखे। आमा अत्यन्त रोईन्, भावविभोर भईन्। छोरा ठुलो भयपछि सुख पाउने उनको सपना चकनाचुर भयो। उनिसंग बिकल्प थियन अन्त्यमा बृद्धाआश्रममा रूदै उनको दैनिकि बित्दै गयो।

एक दिन बृद्धाआश्रम सेवामा आउने भक्तजनले खिर, तरकारी र विभिन्न प्रकारका मिठाईहरू  ल्याएर खुवाय। त्यति बेला आमा छोरालाई सम्झेर रोईन किनभने उनको छोराले बाल्यकालमा खिर अत्यन्त मन पराउँथ्यो र भन्थ्यो आमा म ठुलो भयपछि तपाईलाई पेटभरि खिरखुवाउँछु ल। यो खिर छोरालाई खुवाउन पाए उ कति खुशि हुन्थ्यो होला भन्ने भावना मनमा उब्जियर उनी पुन: रोईन।

धन्य हो आमा तिम्रो गाँस काटेर हुर्काएको छोराले जिवनको उत्तरार्द्धमा यो विन्दु ल्याईपुराउँदा पनि तिम्रो छोरा प्रतिको ममता र स्नेहमा कमि भयन्। त्यसैले त आमा धर्तिमाता हुन्, जननी हुन्, बिश्व ब्रम्हाण्ड हुन। जन्म दिने आमा, कर्म दिने आमा, संस्कार दिने आमा, सामाजिक राजनीतिक यात्राको प्रारम्भ गराउने सबै आमालाई कोटि कोटि नमन । यि आमाहरूको आत्मसम्मानमा चोट पुर्याउने काम कसैले नगरौं।
वेथानचोक गाउँपालिका, काभ्रे।

 

प्रतिकृया दिनुहोस

भर्खरै

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३