सिन्धुली जिल्ला अदालत बाट गत आर्थिक वर्षमा १ हजार १ सय १९ मुद्दा फछ्र्योट
सिन्धुली ।
सिन्धुली जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८२÷०८३ मा १ हजार १ सय १९ मुद्दा फछ्र्योट गरिएको छ । अदालतले सोमबार पत्रकार भेटघाट गर्दै सार्वजनिक गरेको प्रगति विवरण अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ६ सय ५७ मुद्दा सहित कुल १ हजार ६ सय ३६ मुद्दा मध्ये १ हजार १ सय १९ मुद्दा फछ्र्योट गरिएको हो ।
आर्थिक वर्ष २०८२÷०८३ मा फछ्र्योटका लागि १ हजार २ सय ७८ मुद्दाको लक्ष्य निर्धारण गरिएकोमा अदालतले ८७ दशमलव ५५ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । यस्तै कुल मुद्दा मध्ये ६८ दशमलव ३९ प्रतिशत मुद्दा फछ्र्योट भएको उल्लेख गरिएको छ । अदालतका श्रेस्तेदार चित्रखर अधिकारीका अनुसार आर्थिक वर्ष २०८२÷०८३ को अन्त्य सम्म ५ सय १७ मुद्दा जिम्मेवारी सरेका छन् । यस अवधिमा दुई वर्ष पुगेका मुद्दा नरहेको श्रेस्तेदार अधिकारीको भनाई छ । २०८३ असोज १ गते सम्म १८ महिना पुगेका १९ वटा मुद्दा रहेको तथा २०८३ सालको पुस मसान्तसम्म १८ महिना पुग्ने १ सय १५ मुद्दा रहेको जनाएको छ ।
यसैगरी आर्थिक वर्ष २०८२÷०८३ मा दर्ता भएका विशेष प्रकृतिका मुद्दा मध्ये लागू औषध सम्बन्धी ५८, सम्बन्ध विच्छेदका ४ सय ३८, जबरजस्ती करणी सम्बन्धी ३२ तथा ज्यान सम्बन्धी कसुरका २२ वटा मुद्दा रहेका सिन्धुली जिल्ला अदालतले जनाएको छ ।
भर्खरै
गुरु पूर्णिमाका अवसरमा बुधबार निबृत्त शिक्षक समाज जिल्ला समिती सिन्धुलीले हिजो अग्रज तथा विद्यार्थी सम्मान
होटल संघ नेपाल बागमती प्रदेशको तदर्थ समिति गठन,समितिको उपाध्यक्षमा सिन्धुलिका प्रयास होटल प्राइभेट लिमिटेडका सन्चालक नेत्रजंग थापा चयन
सिन्धुली जिल्ला अदालत बाट गत आर्थिक वर्षमा १ हजार १ सय १९ मुद्दा फछ्र्योट
बझाङ जीप दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसद महरको माग
बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स दिँदैन : सांसद राई
नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही
गणेश नेपाली प्रकरण र मिडिया हाउसअगाडि गाडी पार्किङबारे छानबिन गर्न सांसद मल्लको माग





प्रतिकृया दिनुहोस