गणेश नेपाली प्रकरण र मिडिया हाउसअगाडि गाडी पार्किङबारे छानबिन गर्न सांसद मल्लको माग
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश कुमार मल्लले गणेश नेपालीको आत्मदाहपछि उत्पन्न घटनाक्रम, मिडिया हाउसअगाडि गरिएको गाडी पार्किङ र नागरिकमाथि भएको भनिएको धरपकडबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मल्लले करिब डेढ महिनादेखि संसद्को रोस्ट्रमबाट प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको विरोध भइरहेको भएपनि त्यस विषयमा प्रधानमन्त्रीले जवाफ नदिएको र संसद्बाट आवश्यक कदम नचालिएको भन्दै असन्तुष्टि जनाए ।
उनले २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहबाट भएको निधनले देशलाई नै स्तब्ध बनाएको भन्दै उक्त घटनालाई तोडमोड गर्ने प्रयास भइरहेको आरोप लगाए ।
पछिल्ला दिनमा काठमाडौंका विभिन्न स्थानमा सडक अवरोध, मिडिया हाउसअगाडि गाडी तेस्र्याउने तथा राजनीतिक गतिविधिका नाममा भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने उनको माग थियो ।
सांसद मल्लले मिडिया हाउसअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गर्ने, प्रमुख प्रतिपक्ष दलका नेताको निवास खोज्दै जानेजस्ता गतिविधि गम्भीर विषय भएको बताए । उनले यस्ता गतिविधिमा संलग्नलाई सामान्य जरिवाना मात्रै नभई कडा कारबाही गर्नुपर्ने धारणा राखे ।
‘राज्यले त्रास र सन्त्रासको माध्यमबाट शासन सञ्चालन गर्न खोज्नु गलत हो । यस्ता गतिविधि गर्ने र योजना बनाउनेमाथि छिटोभन्दा छिटो छानबिन गरी कारबाही गरिनुपर्छ,’ उनले भने ।
उनले सत्तारूढ दलले विज्ञप्ति जारी गरेर मात्रै जिम्मेवारी पूरा नहुने भन्दै घटनालाई गम्भीर रूपमा लिन आग्रह गरे ।
भर्खरै
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा आँखाको मोतिविन्दु भई शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टि खोली चश्मा वितरण ।
सिन्धुलीमा दुग्धजन्य पदार्थको मूल्य मनोमानी ढंगले वृद्धि नगर्न जिल्ला प्रशासन कार्यालयले सम्वन्धीत पक्षलाई निर्देशन ।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
धेरै पढिएको
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुली स्थित सिड्स नेपाल सिन्धुलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत रकम जम्मा ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ४ स्थित सिन्धुली पाठशाला बाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा

.png)

.png)

प्रतिकृया दिनुहोस