सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्वर ५ लंङगुरखोला आहालेमा सञ्चालन भएको अण्डर सेभेन्टिन भलिबल प्रतियोगितामा  विजयपुर युवा क्लब प्रथम

सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्वर ५ लंङगुरखोला आहालेमा सञ्चालन भएको अण्डर सेभेन्टिन भलिबल प्रतियोगितामा  विजयपुर युवा क्लब प्रथम भएको छ ।  प्रतियोगितामा न्यू सगरमाथा युवा क्लब ए द्धितिय र न्यू सगरमाथा युवा क्लब बि तृतिय भएकाछन् ।  प्रतियोगितामा विजयी टिम तथा खेलाडीलाई  वडा अध्यक्ष भुपाल सिंह तामाङले नगद पुरस्कार सहित मेडल र ट्रफि प्रदान गर्नु भएको थियो । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ८ हजार, द्धितिय हुनेलाई ४ हजार र तृतिय हुनेलाई २ हजार नगद सहित मेडल र ट्रफि प्रदान गरिएको आयोजक क्लब न्यु सगरमाथा युवा क्लबका अध्यक्ष अबिन सिदाली मगरले बताउनुभयो । यस्तै बेस्ट प्लेयर, बेस्ट सटर, बेस्ट स्पाइकर, बेस्ट डिफाईन, बेस्ट ब्लगरलाई मेडल प्रदान गरिएको उहाँको भनाई छ ।

राष्ट्रको लागि भलिबल स्वास्थ्यको लागि भलिबल भन्ने मुल नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा ८ वटा टिम बीच प्रतिस्पर्धा भएको स्थानिय प्रज्वल कुमार मगरले जानकारी दिनुभयो  ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३