यसरी बनाउनुस् थारु परिकारहरू
काठमाडौँ ÷थारु समुदायले चाडपर्वमा विभिन्न विशेष प्रकारका खानेकुराहरू बनाउने गर्छन् । ढिक्री, खरिया, बरियालगायत परिकारहरू प्रायः चाडपर्वमा टुट्दैन । चाडपर्वमा मात्र नभई अरु कुनै माहोलमा पनि थारु परिकारहरू यसरी बनाएर खान सकिन्छ ।
ढिक्री
आवश्यक सामग्री :
चामलको पिठो
पानी
यो सजिलो र स्वास्थ्यवर्द्धक खाजा हो । ढिक्री बनाउका लागि चामलको पिठो आवश्यक पर्दछ । चामलको पिठो अलि खस्रो र नयाँ धानको चामलको भए अझ स्वादिष्ट हुन्छ । पिठोलाई मज्जाले मुछ्ने र यसलाई आफ्नो मनपर्ने आकार दिने । लामो वा गोलो आकारमा बनाउन सकिन्छ । ढिक्रीलाई १५ देखि २० मिनेट उसिनेपछि यो खानका लागि तयार हुन्छ । यो तरकारी र अचारसँग खान मिठो हुन्छ ।
खँरिया
आवश्यक सामग्री :
मासको दाल
चामलको पिठो
गहुँको पीठो
लसुन र अदुवाको पेस्ट
जिरा र धनियाँको धुलो
खुर्सानीको पेस्ट
बेसार
कर्कलोको पात
आवश्यकता अनुसार नुन
सनफ्लावर तेल
यो परिकार विशेष गरेर चाडपर्वमा पकाइन्छ । यो बनाउनका लागि आफूलाई आवश्यकताअनुसार मासको दाल लिनुपर्दछ । मासको दाल रातभर भिजाउने नभए कम्तीमा ८ घण्टा भिजाउनुपर्दछ । भिजेको दाललाई राम्ररी बोक्रा फालेर पखाल्ने । दाललाई सिलौटामा वा मिक्चरमा पिस्ने । दाललाई एकदमै मसिनो गरेर पिस्नु हुँदैन हल्का लेदो बन्ने गरी मात्र पिस्नुपर्छ । त्यसपछि चामलको पिठो एक भाग र गहुँको पिठो भाग, जिरा र धनिँयाको धुलो, अदुवा–लसुनको पेस्ट, खुर्सानीको पेस्ट, बेसार, आवश्यकताअनुसार नुन हालेर सबैलाई मोल्नुपर्छ ।
त्यसपछि कर्कलोको पातमा बनाएको पेस्टलाई पातलो गरी दल्नुपर्छ । त्यसपछि पातलाई घुमाउँदै रोल गर्दै लाने । त्यो रोललाई कम्तीमा १५ देखि २० मिनेट उसिन्नुपर्दछ ।त्यो बनाएको रोललाई मसिनो आकारमा काट्ने र तेलमा फ्राइ गर्नुपर्छ । हल्का रातो भएपछि यो खानलाई तयार हुन्छ ।
अन्डिक बरिया
आवश्यक सामग्री :
अन्डीको पिठो
आवश्यकताअनुसार चिनी
तार्नका लागि तेल
अन्डीको पिठोमा आवश्यकताअनुसार चिनी हालेर मुछ्ने । पिठो मज्जाले मुछ्ने तर धेरैबेर मुछ्नु हुँदैन । त्यसपछि हातैले सानो–सानो आकारमा रोटी बनाउने । रोटी तेलमा तार्न थालेपछि मज्जाले फुल्छ । हल्का रातो भएपछि प्लेटमा निकाल्ने र यो खानलाई तयार हुन्छ ।
घोंघी
आवश्यक सामग्री :
आवश्यकताअनुसार घोंघी
चामलको कनिका र पिठो
तेल
बेसार र नुन
लसुन अदुवाको पेस्ट
काटिएको प्याज र टमाटर
जिरा र धनिँयाको धुलो
घोंघी खोला किनारमा पाइने गर्दछ । काठमाडौंमा पनि विशेष गरेर माछा पसलमा यो बेच्न राखिएको हुन्छ । घोंघीलाई पकाउनुभन्दा पहिले यसलाई कुनै ठूलो भाँडामा राखेर चामलको कनिका वा पिठोमाथिबाट छर्नुपर्दछ । यसलाई कम्तीमा १० घण्टा यत्तिकै छाडिदिने । हतार छैन रातभर यत्तिकै छोडिदिनुपर्दछ । यसले पिठो खाएर माटो ओकल्छ । पकाउनुभन्दा पहिले घोंघीलाई राम्ररी पखाल्नुपर्छ । यसमा लेउ पनि हुने भएकाले सफासित पखाल्नुपर्छ ।
त्यसपछि घोंघीको चुच्चो भागलाई काट्नुपर्दछ ताकि घोंघीभित्र मजाले मरमसला पस्न पाओस् र भित्रको मासु तान्न सजिलो होस् । काटिसकेपछि अब पकाउन थाल्ने । आवश्यकताअनुसार तेल हाल्ने र जिरा पड्काउने । त्यसपछि प्याज हाल्दै बाँकी रहेका मसला भुटेर टमाटर हाल्ने । मसला पाकिसकेपछि आधा कप पानी हाल्ने । पानी मज्जाले उम्लिएपछि घोंघी हाल्ने ।
घोंघी मज्जाले पाकेपछि त्यसमा थोरै चामलको पिठो हाल्ने जसले गर्दा मज्जाको ग्रेभी बन्छ । आधा घण्टा जति पकाएपछि माथिबाट हरियो धनिँया हाल्ने र यो खानका लागि तयार हुन्छ ।
भर्खरै
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा आँखाको मोतिविन्दु भई शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टि खोली चश्मा वितरण ।
सिन्धुलीमा दुग्धजन्य पदार्थको मूल्य मनोमानी ढंगले वृद्धि नगर्न जिल्ला प्रशासन कार्यालयले सम्वन्धीत पक्षलाई निर्देशन ।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
धेरै पढिएको
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुली स्थित सिड्स नेपाल सिन्धुलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत रकम जम्मा ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ४ स्थित सिन्धुली पाठशाला बाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा

.jpeg)


प्रतिकृया दिनुहोस