आईपीओ जारी गर्दै ईस्ट सोलार कम्पनी
काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा कार्यरत ईस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासनको तयारीस्वरूप बुधबार नेश्नल क्यापिटल नेपालसँग निष्कासन तथा बिक्री प्रबन्धक (इश्यु म्यानेजर) नियुक्तिसम्बन्धी सम्झौता गरेको हो । सम्झौतापछि ईस्ट सोलारका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले झापा जिल्लाको बैगुनधुरामा निर्माण गरिएको ५ मेगावाट क्षमताको बैगुनधुरा सोलार परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।
उनका अनुसार आयोजना निर्माण सम्पन्न हुने र आईपीओ निष्कासन प्रक्रिया एकैसाथ अघि बढाउने उद्देश्यले निष्कासन व्यवस्थापकसँग सम्झौता गरिएको हो । ‘बैगुनधुरा, झापामा निर्माण भएको ५ मेगावाट क्षमताको सोलार परियोजनाको निर्माण करिब सम्पन्न भइसकेको छ । आयोजना सञ्चालनमा आउने समयमै आईपीओ जारी गर्ने लक्ष्यका साथ आज नेश्नल क्यापिटलसँग सम्झौता गरेका हौँ,‘ उनले भने ।
कम्पनीले पब्लिक लिमिटेडमा रूपान्तरण हुने प्रक्रिया अघि बढाइरहेको र आईपीओमार्फत सर्वसाधारणलाई पनि कम्पनीको स्वामित्वमा सहभागी गराउने तयारी गरेको जनाएको छ ।
सम्झौताबारे जानकारी दिँदै नेश्नल क्यापिटल नेपालका प्रमुख कार्यकारी अधिकृत अर्पण खनालले ईस्ट सोलारलाई सार्वजनिक कम्पनीका रूपमा अघि बढाउने प्रक्रियाअन्तर्गत आफ्नो संस्थाले निष्कासन व्यवस्थापनको जिम्मेवारी लिएको बताए । उनले नेश्नल क्यापिटल नेपाल नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त मर्चेन्ट बैंकर भएको उल्लेख गर्दै पोर्टफोलियो व्यवस्थापनसँगै निष्कासन व्यवस्थापन संस्थाको प्रमुख सेवामध्ये एक रहेको बताए ।
खनालले सरकारले नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य लिएको सन्दर्भमा निजी क्षेत्रको विस्तार र पुँजी बजारको विकास अपरिहार्य रहेको बताए । उनका अनुसार हाल अधिकांश वित्तीय स्रोत बैंकिङ प्रणालीमै केन्द्रित रहेकाले कम्पनीहरूले बैंक ऋणमा मात्र निर्भर नभई पुँजी बजारमार्फत दीर्घकालीन लगानी जुटाउने अभ्यासलाई विस्तार गर्न आवश्यक छ ।
उनले उद्यमी तथा कम्पनीहरूलाई शेयर बजारमार्फत पूँजी संकलन गर्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै ईस्ट सोलारसँग भएको सम्झौताले ऊर्जा क्षेत्रमा निजी लगानी विस्तार र पुँजी बजारको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
भर्खरै
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा आँखाको मोतिविन्दु भई शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टि खोली चश्मा वितरण ।
सिन्धुलीमा दुग्धजन्य पदार्थको मूल्य मनोमानी ढंगले वृद्धि नगर्न जिल्ला प्रशासन कार्यालयले सम्वन्धीत पक्षलाई निर्देशन ।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
धेरै पढिएको
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुली स्थित सिड्स नेपाल सिन्धुलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत रकम जम्मा ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ४ स्थित सिन्धुली पाठशाला बाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा

.png)



प्रतिकृया दिनुहोस