नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय
काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक लिमिटेडले आफ्नो स्थापनाको ४२ वर्ष पूरा गरी ४३औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा विशेष उत्सव मनाइरहेको छ ।
सन् १९८४ मा स्थापना भएको यस बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ (बैंकिङ र त्योभन्दा धेरै) भन्ने मूल दर्शनलाई आत्मसाथ गर्दै विगत चार दशकदेखि नेपालको बैंकिङ क्षेत्रको आधुनिकिकरण र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।
नेपालका एकमात्र अर्बपति उद्यमी विनोद चौधरीको परिकल्पना अनुसार अन्तर्राष्ट्रिय स्तरको आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सुरु भएको यो बैंक आज नेपालको सबैभन्दा भरपर्दो र अग्रणी वित्तीय संस्थाका रूपमा स्थापित भएको छ ।
आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले वित्तीय सूचकहरूमा ऐतिहासिक सफलता हासिल गरेको छ । बैंकले हाल ५८८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४६४ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने बैंकको कुल सम्पत्ति ७१८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
बैंकले मुलुकको दिगो विकासका लागि प्राथमिकताका क्षेत्रहरूमा ठूलो लगानी गरेको छ, जसमा कृषि क्षेत्रमा ५३.३१ अर्ब, ऊर्जामा ५१.०६ अर्ब, साना तथा मझौला उद्योगमा ४५.९२ अर्ब र पर्यटन क्षेत्रमा ११.१० अर्ब रुपैयाँ लगानी गरी अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पु¥याएको छ ।
यो तथ्याङ्कले बैंकको लगानी केवल नाफामा मात्र नभई मुलुकको उत्पादनशील क्षेत्रको विकासमा समेत केन्द्रित रहेको पुष्टि गर्दछ । सेवा विस्तारका हिसाबले बैंकले देशभर आफ्नो मजबुत उपस्थिति जनाएको छ । हाल बैंकले २६४ शाखा, ३१५ एटीएम र १८ वटा एक्सटेन्सन काउन्टरमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गरिरहेको छ । स्थापना कालमा मात्र २ वटा शाखा र १४४ कर्मचारीबाट सुरु भएको बैंकमा हाल २ हजार ४६४ दक्ष कर्मचारीहरू कार्यरत छन् ।
डिजिटल रूपान्तरणलाई उच्च प्राथमिकता दिँदै बैंकले सन् २०२२ मा सार्वजनिक गरेको ‘एनबैंक’ एपमार्फत शतप्रतिशत डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यस एपलाई नेपालकै अग्रणी ‘फाइनान्सियल सुपर एप’ बनाउने लक्ष्यका साथ बैंकले ग्राहकलाई घरमै बसेर खाता खोल्नेदेखि अन्तर्राष्ट्रिय भुक्तानीसम्मका सुविधाहरू उपलब्ध गराएको छ ।
नबिल बैंकले आफ्नो ४२ वर्षे यात्रामा संस्थागत सुशासन, पारदर्शिता र व्यावसायिकतामा समेत नयाँ मानक स्थापित गरेको छ । बैंकले हालसम्म ८ पटक ’सर्वाधिक करदाता’ र १० पटक ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट’ अवार्ड प्राप्त गर्नुले यसको वित्तीय सुशासनप्रतिको प्रतिबद्धता झल्काउँछ ।
४२ वर्षको अनुभव, बलियो पुँजीगत आधार र अत्याधुनिक प्रविधिलाई साथ लिएर बैंक अब नेपालको आर्थिक रूपान्तरणको अर्को अध्याय लेख्ने तयारीमा छ । आगामी दिनमा दिगो विकास, हरित वित्त र उत्कृष्ट ग्राहक सेवामार्फत सरोकारवालाहरूका लागि दीर्घकालीन मूल्य सिर्जना गर्दै मुलुकको समृद्धिमा अझ सशक्त भूमिका खेल्ने बैंकले अठोट लिएको छ ।
भर्खरै
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा आँखाको मोतिविन्दु भई शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टि खोली चश्मा वितरण ।
सिन्धुलीमा दुग्धजन्य पदार्थको मूल्य मनोमानी ढंगले वृद्धि नगर्न जिल्ला प्रशासन कार्यालयले सम्वन्धीत पक्षलाई निर्देशन ।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
धेरै पढिएको
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुली स्थित सिड्स नेपाल सिन्धुलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत रकम जम्मा ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ४ स्थित सिन्धुली पाठशाला बाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा

.png)



प्रतिकृया दिनुहोस